सुमेधा वक्तृत्वकला: धरान-मेघाकी क्याथरिन योन्जन चम्किँदा शिक्षा सन्देशकी देवका कार्की दोस्रो

  • फागुन ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुमेधा वक्तृत्वकला प्रतियोगिताको फाइनलमा धरान-मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छन्।

उनले नगद रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारिन्।

र्याडिकल लाइट नेपाल प्रा.लि., धरानले धरान-८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा आयोजना गरेको प्रतियोगितामा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङकी देवका कार्की दोस्रो भइन्।

उनले नगद रु. ८ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। तेस्रो स्थानमा एम्स एकेडेमीकी अदिति झा रहँदा उनले रु. ४ हजार नगदसहित ट्रफी र प्रमाणपत्र जितिन्।

सान्त्वना पुरस्कार पब्लिक मा.वि., फुस्रेका बालकुमार राईलाई प्रदान गरियो, जसले रु. २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा विभिन्न उप-शिर्षकका विजेताहरू पनि सम्मानित गरिए।

डिसिप्लिन स्पिकर – पूजा लम्साल (शिक्षा निकेतन मा.वि.)

• ओराटोरिकल स्पिकर – लाक्पा तामाङ

• इन्फर्मेटिभ स्पिकर – आयुष कटवाल (पब्लिक हाई स्कुल)

• पङ्चुअल स्पिकर – चन्द्रकला राई

• सिन्सियर स्पिकर – सोनिया नेपाली (सियोन स्कुल)

• मोटिभेशनल स्पिकर – स्मृति लिम्बु (धरान मा.वि.)

उप-बिजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो।

मुख्य अतिथि धरान उपमहानगरपालिकाका उप-प्रमुख अइन्द्र बिक्रम बेघा, मन्टेसोरी किन्डर गार्टेनका सञ्चालक गौरवमान श्रेष्ठ, सहिद स्मृति मा.वि.का प्रधानाध्यापक राम बहादुर बिष्टले विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरे।

प्रतिस्पर्धाका लागि ५ वटा विषय चयन गरिएको थियो:

लागुऔषध: चुनौती र समाधानका उपाय

• छोराछोरीको भविष्य निर्माणमा आमा-बुवाको भूमिका

• सामाजिक सद्भाव र युवाको दायित्व

• स्वदेशमै भविष्य, स्वदेशमै रोजगार

• युवाको चाहना: विकसित नेपालको परिकल्पना

प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टंक भट्टराई थिए।

सुमेधा एजुकेसन नेटवर्क प्रा.लि., धरानका सि.ई.ओ. सुरेन्द्र घिमिरे, समाजसेवी सुस्मिता लिम्बु लगायतको उपस्थिति रहेको कार्यक्रममा सोनी यादवले स्वागत मन्तव्य दिएकी थिइन् भने संचालन आहाना प्रधानले गरेकी थिइन्।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved