कचनकवल–सगरमाथा जागरण अभियानको अन्तरक्रिया

  • माघ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/  नेपाली काँग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान’मा धार्मिक पर्यटनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा अन्तरक्रियाको आयोजना भएको हो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका कार्यालय सचिव तथा प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाले सुनसरी जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र मन्दिर, चतराधाम, सुर्यकुण्ड, औलिया मठ, रामधुनि, विजयपुर क्षेत्र लगायतका धार्मिक पर्यटकीय क्षेत्रको धार्मिक पक्ष तथा मान्यता भएको बताए ।

धार्मिक पर्यटनको सम्भावना र चुनौतीको विषयमा पर्यटन व्यवसायी वासुदेव बरालले कोशी प्रदेशमा आउने पर्यटक र पर्यटकीय क्षेत्रको विषयमा कार्यपत्र प्रस्तुत समेत गरेका थिए ।

नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिले सुरु गरेको ‘कचनकवल–सगरमाथा जागरण अभियान’ अन्तर्गत सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको औलिया मठमा सोमवार जिल्ला स्तरीय दोस्रो कार्यक्रमको रूपमा आयोजना भएको थियो ।

FB_IMG_1739242637453_1739242699

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय पूर्व उपसभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री विजय कुमार गच्छयदार प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य मीन कुमार विश्वकर्मा, राजिब कोइराला, नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी, कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कोसी प्रदेश सभाका सदस्यहरू, प्रदेश समितिका पदाधिकारी, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू, जिल्लाका पदाधिकारीहरू, महासमिति, महाधिवेशन प्रतिनिधिहरू लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका सभापति तथा नेपाली काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता पूर्व मुख्यमन्त्री उद्बव थापाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेस वराहक्षेत्रका कार्यवाहक सभापति युवराज श्रेष्ठले स्वागत भाषण राखेका थिए ।

नेपाल कै होचो भू–भाग झापाको कचनकवलबाट सुरु अभियान विश्वको अग्लो भू–भाग सोलुखुम्बु जिल्लाको सगरमाथाको आदर शिविरमा सम्पन्न हुने नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापाले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved