शिक्षा

    Showing 521-530 of 1,771 items.
  • विद्यालय छैन, भारतमा पढ्न बाध्य उत्तरी इलामका बालबालिका

    इलाम/वैशाख लागेसँगै देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेको हुन्छ । तर, इलामका उत्तरी भेगका बालबालिकाका लागि त्यो सम्भव छैन, किनभने ती गाउँमा विद्यालय नै छैनन् । शिक्षक आन्दोलन, शिक्षा ऐन जस्ता विषयहरूले देशैभर चर्चा पाइरहे पनि उत्तरी इलामका अभिभावकलाई भने पहिलो चिन्ता आफ्ना छोराछोरीलाई पढाउने ठाउँको हो—र त्यो ठाउँ आफ्नै देशमा छैन । “शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भन्नुभयो, “गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पिर कसैले बुझेनन् ।&

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब विद्यार्थीलाई घण्टौँ हिँड्नुपर्दैन, वराहक्षेत्रको सुर्यकुण्डमा कक्षा ९ सञ्चालन

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–१ स्थित सुर्यकुण्ड आधारभूत विद्यालयमा यसै शैक्षिक सत्र २०८२ देखि कक्षा ९ सञ्चालन हुने भएको छ। यससँगै पहाडी भेगका स्थानीय विद्यार्थीलाई माध्यमिक तहको पढाइका लागि घण्टौँ पैदल हिँडेर धरान वा चतरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। यसअघि उक्त क्षेत्रमा आधारभूत तहसम्म मात्र पढाइ हुने विद्यालयहरू थिए। सुर्यकुण्डमा रहेको सुर्यकुण्ड आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको थियो भने चावचाको पञ्चकन्या र चियावारीको सिंहदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म मात्र अध्यापन हुँदै आएको थियो। माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरूलाई धरानको विष्णुपादुक

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • व्यक्तिगत घटना दर्तामा सचेतना आवश्यक : ३५ दिनभित्र दर्ता गरे निःशुल्क सेवा

    वराहक्षेत्र/  प्रत्येक वर्ष वैशाख १ गतेदेखि ७ गतेसम्म नेपालभर "व्यक्तिगत घटना दर्ता सप्ताह" मनाइन्छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता घटनाहरू समयमै दर्ता गर्नुपर्ने जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइने गरिन्छ। व्यक्तिगत घटना दर्ता सम्बन्धित वडा कार्यालयमा गरिन्छ, जहाँ स्थानीय पञ्जीकाधिकारीले प्रमाणपत्र प्रदान गर्ने तथा रेकर्ड राख्ने जिम्मेवारी वहन गर्छन्। संविधानको धारा १६ मा प्रत्येक व्यक्तिको सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गरिएको छ, जसको व्यवहारिक कार्यान्वयनका लागि कानुनी पहिचान अनिवार्य हुन्छ। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता प्रमाणपत्रह

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 1,042 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हेड तथा स्पाइनल इन्जुरीको उपचार अब आर्य न्युरो अस्पतालमा एक लाख सम्मको निःशुल्क

    बिराटनगर/  नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको “विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका २०८०” अनुसार अब आर्य न्युरो अस्पताल, बिराटनगरमा ‘हेड तथा स्पाइनल इन्जुरी’ भएका बिरामीहरूले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने भएका छन्। आर्य न्युरोसरजिकल एन्ड एलाइड साइन्सेस प्रा.लि.ले दिएको जानकारीअनुसार, गम्भीर प्रकृतिका मस्तिष्क तथा मेरुदण्डसम्बन्धी चोटपटक(हेड र स्पाइनल इन्जुरी) भएका बिरामीहरूलाई अब सहज रुपमा राहत मिल्नेछ। सेवा प्राप्त गर्नुपर्ने आवश्यकताहरू कुनै पनि आकस्मिक दुर्घटनामा परेर टाउको वा मेरुदण्डमा समस्या भएको अवस्था

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बेरोजगारीलाई रोजगारी दिन दुई दिने रोजगार मेला

    धरान । सुनसरीको धरानमा  २ दिने रोजगार मेला लाग्ने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा धरानमा बैशाख ११ र १२ गते रोजगार मेला लगाउने  भएको धरान उपमहानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले धरानमा २ दिने रोजगार मेला आयोजना हुने भएको छ ।  स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जनशक्तिलाई रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले मेला गर्न लागेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैशाख १ गतेमात्र फुल्ने फूल,यस्तो छ मान्यता

    जनकपुरधाम । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको सिरहामा रहेको छ । उक्त फूल लहान नगरपालिका–१२ र २४ मा पर्ने सलहेश फूलबारीमा हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने भएकाले सर्वसाधारणको ठूलो भिड लाग्ने गर्दछ । फूल हेर्न र दर्शन गर्नको निम्त्ति नेपाल लगायत भारतबाट समेत हजारौं श्रद्धालु आउने गर्दछन ।फुलबारीमा रहेको हारम प्रजातिको तीनवटा बोटमा यसवर्ष फूल फुलेको छ । फूलबारीमा हारामको बोट नजिकै रहेको राजा सलहेश र मालिनी मन्दिर (गहबर) मा भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । युवायुवतीले उक्त फूललाई साक्षी राखेर विवाहसमेत गर्छन् ।हारमको बोटमा सातौं–आठौं श

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८२ सालमा कुन महिना कति दिन विदा ?(हेर्नुहोस)

    काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ ।नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ । वैशाख ः वैशाखमा चार दिन शनिबारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, रा

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 826 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु

    धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु भएको छ । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ अन्र्तगत् ‘सिङ्गीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि पहिलो अडिसनद्धारा कोशी प्रदेशभरीका क्षमतावान प्रतिभावहरुको खोजी सुरु भएको हो । आयोजक संस्था फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार पहिलो अडिसनमा १५० जना विद्यार्थीले उक्त कार्यक्रममा सहभागिता जनाए भने अडिसन युएन नवोदय कलेज धरान १६ को कार्यक्रम हलमा सम्पन्न भएको हो । तुम्वापोले कोशी प्रदेशभर

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 1,110 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम एजेकेशनमा एसइई दिएर बसेका विद्यार्थीको ओइरो

    धरान/ प्राइम एजुकेशन सेन्टर धरानको छाताचौकमा रहेको छ । विशेषतः यस सेन्टरले विद्यार्थीहरुको लागि गाइड गर्ने काम गर्दछ । अर्थात विद्यार्थीहरुलाई कस्तो शिक्षा पढ्ने, कसरी तयारी गर्ने अनि त्यसका लागि के गर्नु पर्छ भनेर उक्त सेन्टरले सर्व सुलभ रुपमा ब्रिज कोषको तयारी कक्षा सन्चालन गर्ने गर्दछ। अहिले २०८१ सालको एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सर्व सलभ रुपमा अध्ययन गराउने गरेको छ । यतिवेला उक्त सेन्टरमा विद्यार्थी र अभिभावकहरुको भीँड लाग्ने गरेको छ । राम्रो गुणस्तरीय शिक्षा र दक्ष जनशक्तिदारा विद्यार्थीलाई पठन पाठन गर्ने भएकाले पनि त्यहाँ विद्यार्थीहरुको ओइरो लाग्ने गरेको छ । यो खाल

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 1,679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमै पहिलो पटक IELTS इनहाउस परीक्षा सम्पन्न

    धरान/ धरान -१०पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा कोशी प्रदेशमै पहिलो पटक IELTS को इनहाउस परीक्षा सम्पन्न भएको छ। शनिबार सम्पन्न सो परीक्षा ब्रिटिश काउन्सिल द्वारा सञ्चालित IELTS परीक्षण कार्यक्रमअन्तर्गत आयोजित गरिएको हो। यससँगै सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. कोशी प्रदेशकै पहिलो IELTS इनहाउस परीक्षा केन्द्रको रुपमा मान्यता पाएको छ। अबदेखि धरानका विद्यार्थीहरूलाई IELTS परीक्षा दिनका लागि विराटनगर, इटहरी, दमक वा काठमाडौंसम्म धाउनु पर्ने झन्झट हटेको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार विदेश अध्ययनको तय

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 1,589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved