झापा/ राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने अभियानअन्तर्गत प्याब्सन झापाले उक्त रकम संकलन गरेको हो। संकलित रकम प्याब्सन नेपालमार्फत राहतका लागि उपलब्ध गराउने तयारी गरिएको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले जिल्लाका शिक्षक, विद्यार्थी, अभिभावक र सदस्य विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो। राहत रकम प्याब्सन झा
बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा माध्यमिक बिद्यालय ९ कक्षा ९(१२० स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित स्रोत केन्द्रको भवनमा उक्त माध्यमिक बिद्यालय ९ कक्षा ९(१२० स्तरिय ‘संविधान र संघीयता’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए ।वक्तृत्वकला प्रतियोगि
धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सुधार नेपाल, धरानले एकै दिन आयोजना गरेको वृहत् रक्तदान कार्यक्रमबाट ३५० पिन्ट रगत संकलन गरेको छ। धरानको भानुचोकमा शुक्रबार आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बिहानैदेखि रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। मानवीय सेवामा योगदान पुर्याउने तथा रगतको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ सुधार नेपालले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धरानको मुख्य बजार क्षेत्र भानुचोकमा आयोजना गरिएको
धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छात्रा रिदिमा भुजेलले यस वर्षको अन्तर-विद्यालय वाक्कला प्रतियोगिताको उपाधि चुमेकी छन्। इस्कोन मन्दिरद्वारा आयोजित उक्त प्रतियोगितामा दर्जनौँ विद्यालयका प्रतिस्पर्धी विद्यार्थीहरूलाई पछि पार्दै कलेजको विज्ञान संकाय (कक्षा ११, सेक्सन 'ए') मा अध्ययनरत मेधावी छात्रा भुजेल प्रथम बनेकी हुन्। उत्कृष्ट वक्तृत्वकला प्रस्तुत गर्दै विजेता बनेकी रिदिमाले आकर्षक मायाको चिनो, विजेता प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेकी छन्। रिदिमाको यस सफलतासँगै नवोदय कलेजले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा कायम राख्दै आएको विजयी विरासतलाई यो वर्ष पनि निरन्तरता दिन स
धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरानबाट चार जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले १ किलो ९१० ग्राम थाई गाँजा बरामद गर्दै दुई महिला र दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाउन लागिएको पार्सल शंकास्पद लागेपछि जाँच गरेको थियो। जाँचका क्रममा पार्सलबाट ९१० ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पार्सल रिसिभ गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले नियन्त्रणमा राखेर पठाउने रणनी
काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले वानप्लस यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ हजार १ रुपैया आर्थिक सहयोग गरेको छ । काठमाण्डौंबाट पूर्व तथा विभिन्न भागमा रात्री तथा दिवा सेवा सञ्चालन गर्दै आएका प्रा.लिका अध्यक्ष घनेन्द्र विष्टका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति वानप्लस यातायात परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा प्रा.लिको तर्फबाट साना भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए । विपत्तिका कारण
धरान/ आफ्नो खाजा खर्चबाट रकम छुट्याउँदै धरान–१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूले भोटेकोसी बाढीपीडितका लागि २ लाख १ हजार ४८५ रुपैयाँ सहयोग जुटाएका छन्। भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि विद्यार्थीहरूले विद्यालयबाटै स्वेच्छिक सहयोग संकलन अभियान सुरु गरेका थिए। सानै उमेरमा विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउने अभियानमा सक्रिय विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रकम जम्मा गरेका हुन्। होली गार्डेन बाल बगैंचा क्लब र होली गार्डेन स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूले विद्यालयमा ‘डोनेसन बक्स’ राखेर सहयोग संकलन थालेका थिए। कक्षा १
काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्चको संस्थागत विकास, नाट्यकर्मीको पेशागत हित तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउन माग गर्दै प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष राजेन्द्र रिमालको नेतृत्वमा गएको टोलीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नाट्यकर्मी महासंघको संस्थागत अस्तित्व र भूमिकालाई सम्मानपूर्वक स्वीकार गर्न, प्रतिष्ठान र महासंघबीच नियमित संस्थागत संवाद तथा समन्वयको संयन्त्र निर्माण गर्न र रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माणम
धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस्या (अस्टियोपोरोसिस) पहिचान तथा उपचारका लागि रोटरी क्लब अफ धरान घोपाले धरानमा निःशुल्क अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार अभियान सञ्चालन गर्ने भएको छ। ‘स्वस्थ हड्डी, स्वस्थ वृद्धावस्था’ भन्ने नारासहित सञ्चालन हुने अभियानमा करिब १ हजार उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको प्रारम्भिक परीक्षण गर्ने लक्ष्य राखिएको छ। परीक्षणका क्रममा अस्टियोपोरोसिस पहिचान भएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउने तयारी गरिएको क्लबले जनाएको छ। बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी
धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको सन्देश दिँदै धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन्। रसुवा, धादिङ र नुवाकोटलगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यालयको हिबिस्कस बाल क्लबको सक्रियतामा सञ्चालन गरिएको अभियानबाट करिब ७१ हजार रुपैयाँ सहयोग संकलन भएको हो। विद्यालयमा आयोजित सहयोग संकलन कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।