धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूलाई लक्षित गर्दै धरानमा एक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। धरान–१०, पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सभाहलमा शनिबार सम्पन्न कार्यक्रम र्याडिकल लाइट नेपाल प्रा.लि. द्वारा आयोजना गरिएको हो। कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावशाली वाक्शैलीका लागि आवश्यक विविध पक्षमा प्रशिक्षण दिएका थिए। धाराप्रवाह बोल्न विषयवस्तुको स्पष्ट ज्ञान, समृद्ध शब्दभण्डार, तयारी, अभ्यास, अनुभवी वक्ताको अवलोकन तथा भावअनुसारको हाउभाउ आवश्यक पर्ने उनले बताए। संस्थाका अनुसार उक्त अभिमुख
धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा दुरुस्तै मुहार चित्र बनाएर विश्वलाई चकित बनाएका छन् । डिजिटल प्रविधीको विकासमा उनले चुनौती दिदैं हङकङमा रहेर डटपेनले नेपाली र त्यहाँ रहेका विदेशीहरुको मुहार चित्र छिनभरमा नै दुरुस्तै उतारेर उनको अद्भुद कलालाई विश्व सामु पुर्याएर नेपाल र नेपालीको गौरबलाई समेत उचो बनाउँदै आएका छन् । धरान ११ निवासी शिवचौक निवासी डेढ दशक अघिदेखि रोजागारको शिलसिलामा पुगेर चित्रकलालाई समेत निरन्तररता दिदै हङकङ,वाह्य पर्यटक र नेपालीलाई चित्र कोर्न सिकाउने गुरुको रुपमा समेत परिचित छन् । उनी भन्छन,“चित्र कोर्न लत नै बस्यो,चित्र नकोरिकन मलाई आत्मा सन्
वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं स्थापना तथा वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार वराहक्षेत्र नगरपालिका–३ स्थित मिलनचोकको कोभिड सामुदायिक भवन परिसरमा बाङ्गे बजार र चतरा शाखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन्। ‘सन्ततीका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने मूल नारासहित देशभर एकैसाथ मनाइँदै गरेको उत्सव अन्तर्गत वराहक्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन वडा नं ३ का अध्यक्ष राजदिप लामा तामाङले बिरुवा रोपेर गरेका थिए। सो अवसरमा अस्थायी प्रहरी चौकी नडाहका प्रम
इटहरी/ मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई प्रेमजालमा फसाउँदै रकम असुल्न खोज्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी हरि बस्नेतका अनुसार, पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभसम्बन्धी कसुरमा सात दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको छ।
धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको प्राङ्गणमा आयोजित ‘फुड फेस्टिवल २०२५’ आज दोस्रो दिनमा प्रवेश गरेको छ। जेठ २९ देखि ३१ गतेसम्म चल्ने तीन दिने महोत्सव बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि निःशुल्क प्रवेशसहित खुला गरिएको छ। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “फेस्टिवल विद्यार्थीहरूको व्यवहारिक सीप र सिर्जनशीलता देखाउने जीवन्त अवसर हो। विद्यार्थीहरूले तयार गरेका परिकार, खेल र व्यवस्थापन सिपमार्फत उनीहरूको व्यावसायिक क्षमता प्रत्यक्ष रूपमा जनसमक्ष प्रस्तुत भइरहेको छ।” फेस्टिव
धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल नै बन्द गरेर सडक अन्दोलनमा उत्रिएका छन् । झण्डै २३ हजारको हाराहारीमा रहेका व्यवसायीहरु विहीबारदेखि शुत्रबार सम्म दुई दिन सरकारले आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य मार्फत सुनमा २ प्रतिशत विलासिता कर र पत्थरजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा आन्दोलित भएका हुन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ कोशी प्रदेशका महासचिव प्रेम लकान्द्रीका अनुसार सरकारले सुन जुन मानिस जन्मेदेखि मृत्यु पर्यन्त सम्म चाहिने अति आवस्यक वस्तु सुनलाई विलासिताको भनेर थप २ प्रतिशत कर लगाउनु भनेको आम उपभोक्ता नै मार पर्ने भएकाल
धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली लाइनले विभिन्न क्षेत्रहरूमा योगदान पुर्याएका धरानका छ जना युवालाई विशेष सम्मान गरेको छ। स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको अवसर पारेर बिहीबार आयोजित समारोहमा व्रिजले बास्केटबलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, फुटबलको ग्रासरुट स्तरमा काम गरिरहेका फेयर फुटबल एकेडेमीका संचालक तथा प्रशिक्षक अमृत राई, जोन एण्ड लोकल ब्यान्डका गिटारिस्ट श्रीहाङ राई 'स्टिभ', उदयीमान गायक छिरिङ तामाङ, कागज प्रोडक्सनका सिनेमेटोग्राफर अनिस थेबे र निर्देशक अर्सु श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेको हो। सम्मान व्रिजका डाइरेक्टर निर्णय निरौलाले प्रदान गर
धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अभाव हुन थालेको छ । प्रदेशभरका अस्पतालहरूमा दैनिक जसो सुत्केरी, डायलिसिस र क्यान्सर बिरामी तथा दुर्घटनाका घाइतेलाई रगतको आवश्यक पर्छ । तर, रगतको आपूर्ति ठप्पजस्तै हुँदा उपचार सेवा नै प्रभावित हुन पुगेको हो ।प्रदेशका प्रमुख रक्तसञ्चार केन्द्रहरूबाट प्राप्त विवरणले देखाएअनुसार पनि कोशीमा रगतको चरम सङ्कट देखिएको छ । जसका कारण तत्काल रगतको आवश्यकता पर्ने बिरामी मर्कामा परेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत आवश्यक पर्छ । तर, पछिल्लो समय त्यो परिमाणमा रगत उपलब्ध हुन सकेको छैन । रक्त
धरान/ कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गरिने भएको छ। धरान उपमहानगरपालिका–१२ स्थित नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै २०८२/०२/२९ र ३० गते (बिहिबार र शुक्रबार) विद्यालय विदा दिइएको हो। शिक्षा अधिकृत ध्रुवराज खड्काको हस्ताक्षरयुक्त सूचनामा भनिएको छ, “स्थानीय परिस्थिति, विद्यार्थीहरूको भौतिक अवस्
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–६ मा ‘नैतिकवान मधेस तथा सशक्तिकरण शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ। स्थानीय युवामा नैतिक चेतना विकास गर्ने र मधेसी समुदायको सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता आयोजक संस्था प्रतिनिधि रेणु साहले गरेका थिए भने कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल तथा कोशीटापु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा युवालाई नेतृत्व व