एस.ई.ई. स्पिकर फाइनलिस्टका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • असार १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूलाई लक्षित गर्दै धरानमा एक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

धरान–१०, पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सभाहलमा शनिबार सम्पन्न कार्यक्रम र्‍याडिकल लाइट नेपाल प्रा.लि. द्वारा आयोजना गरिएको हो।

कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावशाली वाक्शैलीका लागि आवश्यक विविध पक्षमा प्रशिक्षण दिएका थिए।

धाराप्रवाह बोल्न विषयवस्तुको स्पष्ट ज्ञान, समृद्ध शब्दभण्डार, तयारी, अभ्यास, अनुभवी वक्ताको अवलोकन तथा भावअनुसारको हाउभाउ आवश्यक पर्ने उनले बताए।

संस्थाका अनुसार उक्त अभिमुखिकरण कार्यक्रमको उद्देश्य फाइनल प्रस्तुतीलाई अझ प्रभावशाली, आत्मविश्वासी र मौलिक बनाउनु रहेको थियो।

कार्यक्रममा सहभागी समिक्षा पौडेलले पहिलो अडिसनदेखि हालसम्म विभिन्न नयाँ कुराहरू सिक्न पाएको बताइन्।

अर्की सहभागी होमिता पोख्रेलले अभिमुखिकरणले आफ्ना कमजोरी सुधार्दै आत्मविश्वासमा निखारता ल्याएको प्रतिक्रिया दिइन्। प्रतिक्षा तामाङ र सृष्टिका राईले पनि कार्यक्रममा सहभागी भई सकारात्मक सिकाइ र अनुभव प्राप्त भएको उल्लेख गरे।

Messenger_creation_FB32A640-B2F9-4347-8D1B-A7E35A534507

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved