व्रिज इन्टरनेशनल कन्सलटेन्सि द्वारा धरानका ६ युवा सम्मानित

  • जेठ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली लाइनले विभिन्न क्षेत्रहरूमा योगदान पुर्‍याएका धरानका छ जना युवालाई विशेष सम्मान गरेको छ।

स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको अवसर पारेर बिहीबार आयोजित समारोहमा व्रिजले बास्केटबलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, फुटबलको ग्रासरुट स्तरमा काम गरिरहेका फेयर फुटबल एकेडेमीका संचालक तथा प्रशिक्षक अमृत राई, जोन एण्ड लोकल ब्यान्डका गिटारिस्ट श्रीहाङ राई 'स्टिभ', उदयीमान गायक छिरिङ तामाङ, कागज प्रोडक्सनका सिनेमेटोग्राफर अनिस थेबे र निर्देशक अर्सु श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेको हो।

सम्मान व्रिजका डाइरेक्टर निर्णय निरौलाले प्रदान गरेका थिए।

कार्यक्रममा व्रिजले प्लस टु र ब्याचलर अध्ययन सकेर विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै परामर्श प्रदान गरेको थियो।

डाइरेक्टर निरौलाका अनुसार, युके र अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालयका कन्ट्री डाइरेक्टरहरू एन्ड्रियु रोबर्टसन र स्टक ब्रुसेलले विद्यार्थीहरूलाई परामर्श दिएका थिए।

इन्गेजमेन्ट कार्यक्रममा धरानका २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

व्रिजमा विदेश अध्ययनको तयारीका लागि आइइएलटिएस (IELTS) र पिटिई (PTE) कक्षा सञ्चालन हुँदै आएको शिक्षक मनकुमार लिम्बूले जानकारी दिए।

जेष्ठ १ गतेदेखि धरानमा सञ्चालनमा आएको व्रिज कन्सलटेन्सिको देशभर १६ शाखाहरू छन् भने यसको मुख्य कार्यालय काठमाण्डौ, बानेश्वरमा रहेको छ। व्रिज इन्टरनेशनल कन्सलटेन्सिको स्थापना सन् २०१५ मा भएको हो।

 

 

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved