धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा दुरुस्तै मुहार चित्र बनाएर विश्वलाई चकित बनाएका छन् ।
डिजिटल प्रविधीको विकासमा उनले चुनौती दिदैं हङकङमा रहेर डटपेनले नेपाली र त्यहाँ रहेका विदेशीहरुको मुहार चित्र छिनभरमा नै दुरुस्तै उतारेर उनको अद्भुद कलालाई विश्व सामु पुर्याएर नेपाल र नेपालीको गौरबलाई समेत उचो बनाउँदै आएका छन् ।
धरान ११ निवासी शिवचौक निवासी डेढ दशक अघिदेखि रोजागारको शिलसिलामा पुगेर चित्रकलालाई समेत निरन्तररता दिदै हङकङ,वाह्य पर्यटक र नेपालीलाई चित्र कोर्न सिकाउने गुरुको रुपमा समेत परिचित छन् ।
उनी भन्छन,“चित्र कोर्न लत नै बस्यो,चित्र नकोरिकन मलाई आत्मा सन्तुष्टि नै मिल्दैन,नेपालमा रहेर पनि धेरै मुहार चित्र कोर्दै आएँ र रोजगारको लागि हङकङ गएपनि चुप लागेर बस्न मनले मानेन ,आफ्नो कलालाई निरन्तरता दिएँ,अहिले त नेपाली सहित त्यहाँ रहेका र आउने पर्यटकहरुलाई समेत आफुले जानेको कलालाई सिकाउने गरेको छु ।”
५० बर्षिय दिपेन्द्रले २००५ मा हरितालिका तीजमा नुहाईरहेकी महिलाको तस्वीर डटपेनले नै बनाएको चित्रले सर्वत्र चर्चाको शिखर चुम्न सफल भयो र युवा प्रतिभा पुरस्कारले सम्मानित समेत हुन सफल भए । उनले बनाएका हजारौ चित्रहरु उत्तिकै छन् । अफगान गर्लको चित्रले विश्व सामु नै उत्कृष्ट भएर सन्चार माध्यममा चर्चा कमाउन सफल बन्यो ।
वाल्यकालदेखि नै पेन्सिलको माध्यमबाट चित्र बनाउने अदभुद कला भएका रार्ई आत्मा सन्तुष्टि मात्रै होइन कलालाई सम्मान र प्रोत्साहन गर्न सके बाँच्ने आधार समेत बन्ने बताउँछन् ।
सामान्य जीवन शैली र चर्चामा आउन खासै चासो नराख्ने राई हाल १५ बर्षपछि धरान आइ पुगेका छन् ।
धरान आएका बेला कोशी पत्र जम्काभेटमा आर्टिष्ट दिपेन्द्र राईसँग गरिएको भिडियो कुराकानीःप्रस्तुत गरिएको छ । :
तस्बिरहरू हेर्नुस् :