शिक्षा

    Showing 171-180 of 1,468 items.
  • मोरङ कारागारमा एक सातामै दुई थुनुवाको मृत्यु

    विराटनगर/ मोरङको जिल्ला कारागारमा एक साताभित्र दुई थुनुवाको मृत्यु भएको छ । आइतबार बिहान ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको कोशी अस्पतालमा मृत्यु भएको हो । मृतक रामेछाप दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङ रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार तामाङलाई शनिबार साँझ अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको हो । “भर्ना गर्दा अवस्था सामान्य थियो,” ढुंगेलले भने, “अचानक मृत्युको खबर आयो ।” तामाङविरुद्ध

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा गोरुको मासुसहित पाँच जना पक्राउ

     गौरादह/ झापाको गौरादह नगरपालिका–१ मा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। गएराति १ बजेतिर वडा नम्बर १ स्थित क्रसर उद्योग छेउमा मासु बोरा भित्र हालेर लैजाँदै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गौरादह–१ निवासी २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्। प्रहरीका अनुसार सोधपुछका क्रममा उनीहरूले शंकर लिम्बूको घरमा बहर (गोरु) काटेर मासु ल्याएको स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले लिम्बूको घरमा खोजतलास गर्दा निलो प्लाष्टिकमा ओछ्याइएको

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रोजेक्ट शोकेसका उत्कृष्ट १० टीम फाइनलमा

    काठमाडौं/देशमै पहिलोपटक आयोजना गरिएको कोशी प्रोजेक्ट शोकेस प्रतियोगितामा १० उत्कृष्ट टीम फाइनल चरणमा पुग्न सफल भएका छन्। शनिबार राजधानीस्थित नेपाल माउण्टेन एकेडेमीको हलमा आयोजित छनौट चरणमा प्रस्तुत अवधारणाको मूल्यांकनपछि निर्णायक मण्डलले फाइनलका लागि टप १० टिम छनोट गरेका हुन्। फाइनलमा स्थान बनाउने टीमहरूमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज र रुरल रिड्ज विल्डर्स, पुल्चोक इन्जिनियरिङ कलेजका स्केच स्क्वायर, केटुपिए, पुल्चोक इयर फाइभ, पाथफाइन्डर, विनर, टिम कोशी एक्सप्लोरल, ख्वप इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, र एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर परेका छन्। प्रतियोगितामा सहभागी १९ टिमम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 293 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

    सुनसरी/देशभरका परीक्षा केन्द्रबाट एकै समयमा कक्षा १२ को परीक्षा आइतबार बिहानदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा आगामी जेठ २ गतेसम्म चल्नेछ। बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। तीमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक मात्र केन्द्र छन्। परीक्षा सुचारु गर्नका लागि यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षसहित करिब दुई हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र करिब २० हजार सुरक्

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 235 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकर सेमिफाइनलिस्टलाई धरानमा वक्तृत्वकला प्रशिक्षण, आत्मविश्वासले भरिए सहभागीहरू

    धरान/ 'एसईई स्पिकर' प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका युवा प्रतिभाहरूलाई धरानमा विशेष वक्तृत्वकला प्रशिक्षण दिइएको छ। आयोजक र्‍याडिकल लाइट नेपाल प्रा.लि.ले शनिबार आफ्नो कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोहीले विषयमा कसरी प्रभावकारी प्रवेश गर्ने, मौलिकता कायम गर्ने र आधिकारिक स्रोत कसरी प्रयोग गर्ने भन्नेबारे सहभागीहरूलाई विस्तृत जानकारी दिए। यस्तै, संस्थाका अध्यक्ष तिर्थ कार्कीले माइक र पोडियमको प्रयोग, हाउभाउ व्यवस्थापन, श्रोताको ध्यान कसरी तान्ने, प्रस्तुति प्रभावशाली कसरी बनाउने र अन्त्यमा प्रेरणा

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 265 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कूल पूजा नजिकिँदै धरान कृषि बजारमा कालो र सेतो बोकाको व्यापार चुलियो

    धरान/  दशैँ, तिहारपछि ब्राह्मण–क्षेत्री समुदायको महत्वपूर्ण धार्मिक चाड ‘कूल पूजा’ नजिकिँदै गर्दा धरान १३ स्थित कृषि बजारमा खसी र बोकाको कारोबार तीव्र भएको छ। विशेषतः एउटै रङको कालो वा सेतो बोकाको माग उच्च देखिएको छ। नेपाली संस्कृतिमा चाडपर्वसँगै मासुजन्य परिकारको विशेष स्थान रहँदै आएको छ। दशैँ, तिहार जस्ता पर्वमा खसी, बोका लगायत चौपायाको बली दिने प्रचलन रहेकाले यस्ता समयमा पशुको व्यापार ह्वात्तै बढ्ने गर्छ। कूल पूजामा विशेषगरी एउटै रङको बोका आवश्यक पर्ने हुँदा यस्ता बोकाको मूल्य समेत उच्च भएको देखिन्छ। व्यवसायी मदन कार्कीका अनुसार, “कूल पूजामा एउटै रङको बोका प्र

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 368 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रशेष पाण्डे ‘भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता बने

    काठमाडौं/सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ सिजन–६ को उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा उनी विजयी घोषित भए। प्रशेष पाण्डे कोच खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए। उनले कोच मेलिना राईको समूहका खोटाङका रोशन राई, कोच राजु लामाको समूहका इलामका प्रमेश राई र कोच उदय सोताङको समूहकी सिक्किमकी अर्पणा आचार्यलाई पछि पार्दै उपाधि जिते। फिनालेमा रोशन राई फस्ट रनरअप, प्रमेश राई सेकेन्ड रनरअप र अर्पणा आचार्य थर्ड रनरअप घोषित भए। विजेता बनेका पाण्डेले उपाधिसँगै २० लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। साथै, अन

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व प्रेस स्वतन्त्रता दिवस आज, राष्ट्रपति पौडेलद्वारा शुभकामना

    काठमाडौं/आज मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना सन्देश दिएका छन्। राष्ट्रपतिले जारी गरेको सन्देशमा नेपालमा निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को उल्लेखनीय योगदान रहेको स्मरण गर्दै प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको अनिवार्य शर्त भएको बताएका छन्। उनले भनेका छन्, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। यो केवल सञ्चारकर्मीको हक मात्र नभई आमनागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार पनि हो।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 174 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संघर्षमा रहेका गहना: कलाकारको पीडा र पहिचान

    'कलाकार देशको गहना हुन्" – यो भनाइ कति गहिरो छ, तर विडम्बनापूर्ण रूपमा हाम्रो समाज र राज्य संयन्त्रले त्यसको मूल्य अझै ‌बुझ्न सकेको छैन। कलाकार जसले समाजको भावनालाई स्वर, शरीर, रंग र लयमार्फत अभिव्यक्त गर्छन् । उनीहरू आफैँ भने देशमा सम्मान र सम्भावनाको खोजीमा भौँतारिइरहेका छन्। कला एउटा समाजको आत्मा हो भने, कलाकार त्यो आत्मालाई जीवित राख्ने पात्र हुन्। नेपालमा कलाकारितालाई अझै पनि गम्भीर रूपमा नलिइने, कला र कलाकारलाई केवल ूमनोरञ्जनू को औजार ठानिने र त्यसअनुसार व्यवहार गरिने गरिएको छ। आज पनि नेपालमा हजारौँ कलाकारहरू दैनिक जीविकोपार्जनको लागि संघर्ष गरिरहेका छन्। एउटा कलाकारले आफ्नो

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 405 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट क्याम्पस (सोम्स) ले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्‍यो

    विराटनगर/  बिराट क्याम्पस (सोम्स)ले आफ्नो शैक्षिक उत्कृष्टता र समर्पणलाई सम्मानित गर्दै विभिन्न सङ्कायका ७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान प्रदान गरेको छ। क्याम्पसको काठमाडौं बाहिर रहेको एकमात्र परीक्षा केन्द्र (सिबिइ सेन्टर)मा पहिलो तहको बोर्ड परीक्षा ९३५ अङ्क प्राप्त गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल छात्र सम्पन्न श्रेष्ठलाई सम्मानित गरियो। त्यसैगरि, कक्षा–११ र कक्षा–१२ का उत्कृष्ट विद्यार्थीहरूलाई पनि आज क्याम्पसले विशेष सम्मान प्रदान गरेको हो। प्रत्येक वर्ष क्याम्पसले आफ्नो शैक्षिक प्रदर्शनमा उत्कृष्टता प्रकट गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ। यस अवसरम

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 181 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved