इटहरीमा ‘बालकला साहित्य महोत्सव फागुनमा

  • माघ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बालबालिकामा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले इटहरीमा ‘इटहरी बालकला साहित्य महोत्सव–२०८२’ आयोजना हुने भएको छ।

पाथिभरा माध्यमिक विद्यालय इटहरीले आगामी फागुन १ र २ गते महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रम संयोजक बिक्रम कुमार घिमिरेले बताए ।

महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्यका सर्जकका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने छ। महोत्सवमा करिब सात हजार सहभागी रहने अनुमान गरिएको छ। कार्यक्रममा शिक्षक, कलाकार तथा साहित्यकारबाट कला–साहित्यका विभिन्न विधामा कार्यशाला सञ्चालन गरिने विद्यालयले जनाएको छ।

इटहरी उपमहानगरपालिकाको अभिभावकत्वमा पाथिभरा माध्यमिक विद्यालय इटहरीको आयोजनामा हुने उक्त महोत्सव बुकल्याण्ड काठमाडौंको सह–आयोजनामा सञ्चालन हुनेछ।

साथै काव्य–डबली, प्याब्सन कोशी प्रदेश, नगर प्याब्सन इटहरी, हिसान सुनसरी, संगीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपाल र नाइसको साझेदारी तथा सहकार्य रहने जनाइएको छ।

महोत्सव पाथिभरा माध्यमिक विद्यालय परिसरमा बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन हुने छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved