पूर्वाञ्चल आर्किटेक्चरल प्रदर्शनीमा मोडर्न स्कुलका विद्यार्थी प्रथम

  • माघ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (Eastern Region Campus), आईओई धरानमा Society of Architecture Students (SOAS) द्वारा आयोजित पूर्वाञ्चल आर्किटेक्चरल एक्जिबिसन “स्पर्श: Back to the Roots” मा इटहरीको मोडर्न प्रिपरेटरी सेकेन्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्।

विद्यालय तहअन्तर्गत आयोजित प्रतिस्पर्धामा कक्षा ७ की छात्रा सोयाशा भगत ले Live Art Competition मा प्रथम स्थान हासिल गर्न सफल भइन्।

उनले आकर्षक कला प्रस्तुति मार्फत निर्णायकको मन जित्दै उपहार ह्याम्पर तथा नगद पुरस्कार प्राप्त गरिन्।

त्यस्तै, कक्षा ६ का छात्र रोहन थापा ले Paper Craft Competition मा प्रथम स्थान हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्। उनले पनि उपहार ह्याम्पर तथा नगद पुरस्कार प्राप्त गरेका छन्।

विद्यार्थीहरूको सिर्जनशीलता, मेहनत र आत्मविश्वासले विद्यालय परिवारलाई गर्वान्वित बनाएको विद्यालय प्रशासनले जनाएको छ।

यस सफलताले पाठ्यपुस्तकभन्दा बाहिरको सिकाइ, कला, संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विद्यालयको लक्ष्यलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।

विद्यालयले दुवै विजेता विद्यार्थीलाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved