धरान / धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ ।वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु गरेको हो । मंगलवारबाट शुरु भएको खेल सप्ताह अन्तर्गत ,क्यारेम वोर्ड प्रतियोगिता,चेस प्रतियोगित, म्युजिकल चियर,महिला चेस प्रतियोगिता, टेवल टेनिस प्रतियोगिता, र प्रतियोगिता सम्पन्न भइसकेको कलेजका प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अन्र्तगत क्यारेमवोर्ड छात्रातर्फ लक्ष्मी गुरुङ प्रथम वनेकी छन् भने सरु रम्तेल दोस्रो वनेकी छिन् । प्रिति राईले तेस्रो स्थान हात पारेकी छन् । त्यस्तै क्यारेम वोर्ड प्रतियोगिताको छात्रतर्फ रिवाज
धरान / धरान स्थित बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्षमा इन्टनरनल मेडिसिन विभागका प्रा.डा सञ्जिवकुमार शर्मालाई नियुक्ति गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको असोज ६ गते नै पदावधि समाप्त भएको थियो । प्रा.डा. खनालको पदावधि समाप्त भएपछि प्रतिष्ठानको शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । सोही स्थानमा मंसिर ७ गते प्रा.डा शर्मालाई नियुक्ति गरिएको हो । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्गले प्रा.डा. शर्मालाई नियुक्ति गरेका ह
बिजयपुर / धरान मित्र मिलन कलबले ३ दिने खेलकुद आधारभूत पत्रकारिता तालिम बुधबारबाट धरानको पुर्वी स्टार होटलमा आयोजना गरेको छ । तालिमको उत्घाटन नेपाली कांग्रेससका प्रदेश नम्बर १ का महामन्त्री उमेश थापाले पानसमा बत्ती बालेर उत्घाटन गरेका थिए । पछिल्लो समय खेलकुदका गतिविधिहरु धेरै हुने गरेको प्रमुख अतिति समेत रहेका थापाले बताए । उनले भने–‘काठमाण्डौमा समाचार लेख्ने पत्रकारहरुल विटवाइज समाचार लेख्ने गर्छन, मोफसलमा त्यो सम्भव छैन, धेरैलाई खेलकुद समाचार लेख्न अभिरुचि भएपनि तालिमको अभावका कारण लेख्न सकेका छैनन्, हुन त यो आधारभूत तालिम हो, यसले पनि समाचार लेख्न भने केही सहयोग पु¥याउँछ
सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर दिनदिनै बिग्रँदै गएको छ । केही अपवादलाई छाड्ने हो भने अधिकांश सामुदायिक विद्यालयको खराब प्रदर्शन चिन्ताजनक छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी उचित प्रतिफल दिन असफल भएको छ । यस्तै अवस्थालाई ध्यान दिएर अहिले विद्यालय तहलाई नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । त्यसैले विद्यालय तहको शैक्षिक स्तरमा सुधार ल्याउने जिम्मेवारी अब स्थानीय तहमा आएको छ । नयाँ संविधानले व्यवस्था गरेको सङ्घीय संरचनाअन्तर्गत तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूसँग बजेट परिचालन गर्ने अधिकार छ । अहिले स्थानीय तह पहिलेभन्दा शक्तिशाली र अधिकार सम्पन्न भएको छ तर सामुदा
म सानै थिएँ । आमाले मेरा दुबै कान छेडी सुनका मुन्द्री बनाएर लगाइ दिनु भएको थियो । कानमा सुनका मुन्द्री लगाउँने त्यसबेलाको त्यस गाउँभरिको फुच्चे सायद मै मात्र थिएँ । यद्यपी म सुनको महन्व बुझ्ने भइसकेको थिइँन । एक दिन सुनको महन्व बुझ्ने मेरा आफन्तले मलाई फकाइफुल्याइ मेरा कानका ती मुन्द्री फकालेर लगे । मैले नदिन खोज्दा पनि केही चलेन । बेलुका आमाले मेरा कानमा मुन्द्री नदेखेपछि मलाई तेरा कानका मुन्द्री खोई नानी ? भनेर आश्चर्य चकित मुद्रामा मेरा कान छाम्दै सोध्नुभयो । मैले पहिले त हराए भनेर टारेँ । तर आमाले बिश्वासै गर्नु भएन । कसरी हराए ? कहाँ हराए ? कसले लग्यो ? भन् त नानी भनेर फकाउँन थाल्नु भयो
टाढा धेरै टाढाबाट हेर्छुउसले तिमीलाई छोए जस्तै लाग्छ ।फेरि हेर्छु उसलाई तिमीले झ्याप्प अँगालो हाले जस्तै लाग्छ ।बेला उसलाई तिमीले छेडे जस्तोबेला उसले तिमीलाई थिचे जस्तोजति नजिकबाट चुम्न खोज्छुतिमी उति उति टाढा लाग्छ ।तर,उसको स्पर्शर तिम्रो अङ्कमाल उस्तै लाग्छ ।। हरदिनबिहान सूर्योदय र साँझ सूर्यास्त हुन्छदुबैपटक तिम्रो सौन्दर्य मौलाउँछ।प्रत्येक साँझ शीतलता बोकेरटाढैबाटतिमीलाई चिहाउँदै जून उदाउँछउसैगरी बिहानतिमीलाई नजिकबाट चिहाउँदैन्यानो छरेर जून अस्ताउँछ ।यी दुबै रमिता नियाल्छु रपिरोलिन्छु तिम्रो न्यानो स्पर्शकोपर्खाईमामिठा सपना तुन्दैम,बेला बिताई रहन्छु । तर,टाढाबाटयी सबै सौन्दर्यचिहाएर टोल्हा
धनकुटा / शिक्षाक्षेत्रको नियमक निकाय स्थानीय सरकारलाई दिइएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआउँदा सर्वसाधारण महँगो शुल्क तिरेर नीजि स्कूलमा पढाउन बाध्य छन् । पछिल्लो समय धनकुटाको पाख्रीबास नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको खाँचो रहेको महसुस गरेको छ । धनकुटा नगरपालिका १ मा रहेको धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गर्ने क्रममा वडाध्यक्ष भोगेन्द्र पाण्डेले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन जरुरी भएको बताए । उनले भने –‘सामुदायिक विद्यालयको श
मोरङ / विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा तीन वटा स्कुल प्रवेश गरेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे । सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी ब
धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको हो । हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुने विद्यार्थीहरुलार्ई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक्य प्रथम भएकी थिइन् । उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । विद्यार्थीहरुलाई डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर तपकुमार राईलगायत शिक्षकशिक्षिकाहरुले सम्मान गरेका थिए । रोदन रा
धरान / धरानको एकमात्र संस्कृत विद्यापीठ पिण्डेश्वरले दुई प्राध्यापकहरुलाई विदाइ गरेको छ । उमेरहदको कारण प्राध्यापनबाट निवृत्त भएका प्रा.डा. चन्द्रमणि नेपाल र प्रा.डा.भरतप्रसाद भट्टराईलाई आफ्नो विद्यापीठको ७१ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार विद्यापीठमा आयोजित कार्यक्रममा विदाइ गरिएको हो । त्यसै सन्दर्भमा निवृत्त कर्मचारी डम्बरबहादुर तामाङलाई पनि विदाइ गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यापीठमा कार्यरत विशिष्ट सेवा प्रदान गरेका सहप्राध्यापक टेकनाथ घिमिरेलाई सम्मान गरिएको थियो । वर्षभरिका शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न दाता महानुभाव