धरान / धरान ५ मा निशानडाँडामा रहेको निशानदेवी आधारभूत विद्यालयमा रुख खस्दा विद्यालयको छानामा क्षति पुगेको छ ।विद्यालय प्राङ्गणभित्र रहेको वरको रुखको भाचिएर विद्यालयको छानामा खसेको थियो । चैत्र १० गते राति राति ८ बजे सो घटना भएको विद्यालयका प्रअ लोकराज निरौलाले जानकारी दिए । उनका अनुसार रुखले ६ वन्डेल जस्तापातामा क्षति पु¥याएको छ ।उनले छानासहित विद्यालयको गारो र ट्रष्टमा समेत क्षति पुर्याएको बताए । विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण क्षतिग्रस्त टिनको छाना निर्माण गर्न नसकिएको प्रअ निरौलाले बताए । उनले भने–‘कोरोना संक्रमणपछि सहज बन्दा पनि विद्यालयलाई सहयोग आएको
धरान / हिविसकस इड्लिस बोडिङ स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ ।स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो । विद्यार्थीहरुलाई किताबी ज्ञानको अतिरिक्त व्यावहारिक ज्ञान समेत दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्कुलकी प्रिन्सिपल पार्वती लिम्बुले जानकारी दिइन ।विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन् । विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन ।अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउँदा खुशी लागेको प्रिन्सिपल लिम्बुको भनाई रहेको छ । अभिभा
धरान / नेपालकै खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स पढाई हुने धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० वर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ति मनाएको छ स्वर्ण महोत्सवको अवसरमा कलेजले विविधि कार्यक्रमको आयोजना गरी मनाएको हो । सोही अवसरमा कलेजले स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनसँगै कलेज परिसरमा निर्माण भएको घण्टाघरको समेत उद्घाटन गरिएको छ ।भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले एक कार्यक्रमका बीच गरेका थिए । स्वर्ण जयन्तीकै अवसरमा क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले परिवारको लगानीमा निर्मित
विराटनगर / सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६: ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । विराटनगरले पुर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै
धनकुटा / मुलघाटको उखु भन्ने वित्तिकै नेपालमै रसिलो उखुको रुपमा लिइन्छ । नीजि सवारी साधनमा होस् वा यात्रुवाहक बसमा यात्रा गर्ने जो कोहीले तमोर नदी छेउमा विक्री गर्न राखिएको उखु खरिद गर्छन् र कोसेलीको रुपमा लाने गर्छन् । तमोर नदी छेउमा रहेको प्रहरी चेकपोष्ट नजिक उखु विक्री व्यापारीहरु ग्राहकको पर्खाइमा बसेका हुन्छन् । कुनै पनि सवारी साधन त्यहाँ रोक्यो कि उखु विक्री गर्न उनीहरुहरुबीच हानाथाप हुने गर्छ । सवारी साधन रोक्ने वित्तिकै उनीहरु झ्याल झ्यालमा उखु बोकेर आउँछन् र उखु खरिद गर्न यात्रुहरुलाई आग्रह गर्छन् । तेह्रथुम जिरिखिम्तीका उमेश गौतमले धरान पुगेर फर्किइसकेपछि तेह्रथुम जादा मुलघाटमा
धरान / धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० बर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ती मनाउने भएको छ । मुलुककै एक मात्र खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स क्याम्पसको रुपमा रहेको आफ्नो स्थापनाको ५० बर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो । बुधबार (आज) कलेजले स्वर्ण जययीनत मनाउन लागेको सहायक क्याम्पस प्रमुख बबिता अधिकारीलले जानकारी दिइन् । उनका अनुसार स्वर्ण जयन्तीका अवसरमा बुधबार बिहान ७ बजेदेखि प्रभातफेरी (पदयात्रा) कार्यक्रम आयोजना गरिने छ । क्याम्पसबाट पुरानो बजार, छाताचौक, कोशी राजमार्ग हुँदै क्याम्पस परिसर पुगेर प्रभातफेर
विजयपुर / पाल्पा जिल्लाको तानसेनमा रहेको रानी महल पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो महललाई ‘ताजमहल भनेर चिनिने गरिएको छ । यहाँ बार्षिक लाखौ पर्यटक आउने गरेको स्थानीयहरु बताउँछन् । यो ताजमहललाई भारतको ताजमहलसँग तुलना गरिने गरिएको छ । यो दरबारलाई प्रेमको प्रतिकको रुपमा लिने गरिएको छ । प्रेमको प्रतीक भएकै कारण भेलाइन्टाइन डेका दिन धेरै जोडाजोडी महलमा आउने गरेको स्थानीयहरु बताउँछन् । तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा रहेको महल उत्तरतर्फ फर्काएर बनाइएको छ । ऐतिहासिक दरवारको रुपमा चिनिने भएकै कारण ताजमहलको महत्व बढेको हो । यो ऐतिहासिक दरबार रहेकै कारण सर्वसाध
इलाम / इलामका ग्रामीण क्षेत्रको मुख्य आम्दानीको श्रोत अदुवा खेती हो । धेरै जसो किसानले घर खर्च चलाउनका लागि अदुवा खेती गर्ने गरेका छन् । अहिले सम्म खेती गरेका कतिपय किसानले प्राविधिक ज्ञान पाउन सकेका छैनन् । खेतीको ज्ञान नभएको कारण अदुवा खेती गर्ने किसानले सोचे अनुसारको आम्दानी लिन सकेका छैनन् । पछिल्लो समय अदुवा खेतीमा किरा लाग्ने र गानो कुहिने गरेको कारण अदुवा खेतीमा किसानको आकर्षण घट्ने गरेको पाईएको छ । अदुवामा गानो कुहिने रोग देखा परेपछि इलाम सहित पूर्वी नेपालका धेरै जिल्लाका कृषकहरू समस्यामा परेका छन् ।आम्दानीको श्रोतका रूपमा रहेको अदुवा खेती मर्न थाले सँगै खेती गर्ने किसान प
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकामा छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल आमन्त्रित गोल्ड कप बुधबारबाट आयोजना हुने भएको छ । वडा नं ५ स्थित कालाबञ्जरमा स्थानीय न्यु स्टार क्लबको आयोजनामा चैत्र १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । प्रतियोगितामा भारतका दुई क्लव आमुक्त परिवार दार्जिलिङ र कञ्चनजंगा फुटबल क्लव सिलगुडी सहित काठमाडौको २ टिम र चितवन , मोरङ्ग, सुनसरीका टिमहरु सहभागी हुनेछन् । जसमा काठमाडौका डिवाईन व्याईज युनियन र क्षमादेवि प्यालिङग व्याईज युनाईटेड , चितवनको केबिए ग्लोवल फुटबल क्लव , मोरङ्गको एन्फा मोरङ्ग, सुनसरीको राष्ट्रिय
मोरङ / विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । बिराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप (सि.जि.कम्युनिकेशन) बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत व्यवस्थापन संकायमा स्नातक तह बिबिएस. र युके बेष्ट एसिसिए प्रोग्राममा गुणस्तरीय शिक्षा प्रदान आएको सोम्सले विश्व बजारको आवश्यकता, विश्व व्यापार सुधार र प्रवद्र्धनका लाग आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सम्झौता गरिएको कलेजका सञ्चालक तथा डाइरेक्टर रोशन घिमिरेले जानकारी दिए । उनले भने–‘सिजी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको व्यापार प्रवद्र्धन गर्ने व्यवसायिक कम्प