शिक्षा

    Showing 1,071-1,080 of 1,830 items.
  • एस.ई.ई.आईडलकि फाईनलिस्ट सुम्निमाले हिमाली मा.बि.मा नृत्य प्रस्तुत गर्दै मागिन भोट

    धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट सुम्निमा राईले बुधबार आफुले एस.ई.ई.दिएको धरान-५ देउराली स्थित हिमाली मा.बि. पुगेर नृत्य प्रस्तुत गरि भोट मागेकी छिन।  बिद्यालयले "सुम्निमा राई जिताउ अभियान" को ब्यानर सहित बाताबरण मिलाई दिए पछि सुम्निमालाई यो अवसर जुरेको हो। सुम्निमाले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।  आफू उत्कृष्ट १० मा पुग्नको लागि सपोर्ट गर्ने बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आफुलाई भोट दिएर फाईनलमा जिताउन उनले शिक्षक, शिक्षिका र अभिभावकहरुलाई आग्रह गरिन।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 989 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा एक युवाले पेट्रोल खन्याएर लगाए शरीरमा आगो

    विराटनगर/ विराटनगरका एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् । शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । आगोले उनको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । केही समयदेखि पारिवारिक तनावमा रहेका कामतको केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिभाइन वाइनले धरानमा बिरुवा रोप्ने

    धरान/ श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने बताएको छ । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्ड , दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ । सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेदरल्याड बिचको खेलम

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वीपी प्रतिष्ठानमा रगतको अभाव

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा रगत अभाव भएको छ । रगत अभाव भएकै कारण रक्त सञ्चार सेवाले रक्तदानको गुम्ती शिवर शुरु गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्यमा अत्याधिक गर्मी बढेसँगै विभिन्न प्रकारका विरामीहरु नेपाल लगायत भारतबाट आउने गरेका छन् । यहाँ विरामीको अत्याधिक चाप भएकै कारण विरामीलाई चाहिने अत्यावश्यक रगत समेत उपलब्ध हुन सकेको छैन । विरामीलाई चाहिने सबै ब्लड ग्रुपको रगत पर्याप्त नहुँदा अस्पतालमा आएर शल्यक्रिया गर्ने, प्रसुति गृहमा चाहिने रगत समेत उपलब्ध छैन । समस्या अत्याधिक भएपछि ने

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 925 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो वर्ष भारी मनसुनले कोशीमा बढी खतरा

    धरान/ यस वर्षको मनसुनले कोशीमा झण्डै ५ लाखको जनजीवन प्रभावित हुने अनुमान गरिएको छ । यसपालीको मनसुन जेठ ३१ गते नेपाल भित्रिने जनाइएको छ । चार महिना रहेर असोज १७ गते बाहिरिने अनुमान । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलो एम्स एसईई. दौड प्रतियोगिता हुने

    धरान/ एम्स एकेडेमी धरान १२ का विद्यार्थीहरुले यो वर्ष एसईई दिएर बसेकाहरुको लागि दौड प्रतियोगिता गराउने भएको छ । दौढ प्रतियोगिताको नाम “एम्स एस.ई.ई. दौड प्रतियोगिता –२०८१” राखेको छ । बिद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रीयटिभ ग्रुप(एसिजी) ले उक्त प्रतियोगिता गराउने भएको हो । प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता यही जेठ २६ गते हुने भएको छ । आयोजक एसिजीका अध्यक्ष अंकित श्रेष्ठका अनुसार २०८० सालको एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुलाई पुनर्ताजगी गराउने, बिद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने र स्वास्थ्य जीवन जीउने उद्

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छुवाछुत गरेमा पार्टीबाट निश्कासन गरिने छ : भण्डारी

    धरान/ नेकपा एमालेले जातका आधारमा कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा पार्टी कार्वाही गर्ने भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य मन्जु भण्डारीले जातीय विभेद र छुवाछुत विरुद्धको नेतृत्व एमालेले गरेको भन्दै पार्टीमा पनि कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा कार्वाही गरिने वताइन् । उनले भनिन्,“यदि एमाले पार्टीका नेता तथा कार्यकर्ता जो कोहीले छुवाछुत र विभेद गरेको पाइएमा पार्टीले त्यस्तालाई स्वतः कार्वाही गरिनेछ,पार्टीमा उजुरी गर्नुहोस्,साधारण सदस्यबाट समेत निस्काशन गरिनेछ।” नेकपा एमालेले उत्पीडनको विरुद्धमा भएकाले सदैब छुवाछुत विरुद्ध आवाज उठाइरहने पार्टी भएको वताएकी छिन्

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा रोड सफा गर्ने रोड वासर मेसीन

    इटहरी/  इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ । सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’ उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए । इटहरी

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यानभासद्वारा ‘केवाफुङको गीत’ मा विमर्श

    इटहरी/ कवि गगन योक्पाङ्देनद्वारा लिखित ‘केवाफुङको गीत’ कविता सङ्ग्रहबारे शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । तरहराको क्यानभास साहित्य समाजले आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रमको क्रममा कवि योक्पाङ्देनले सङग्रहबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’ लगायतका कविता वाचन गरे । कविता वाचन गर्नुअघि उनले आफु गाउँमा बसेर साहित्य साधना गरिरहेको र आफ

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तेस्रो मेकिल अपडेट शुरु

    धरान/ चिकित्सा शिक्षा क्षेत्रमा भएका नया खोज र अनुसन्धानको विषयमा नया चिकित्सक तथा स्वास्थय कर्मीहरुलाई जानकारी गराउने उद्येश्यले धरानमा तेस्रो मेडिसिन उपडेट सुरु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानको मेडिसिन विभागको आयोजनामा शुक्रवार वाट सम्मेलन सूरु भएको हो । कार्यक्रमा विभिन्न रोगका विषयमा देश भरका चिकित्सकहरुले गरेका सोधपत्रहरु प्रस्तुत हुने तथा सोधपत्र माथि छलफल हुने आयोजक समितिका संयोजक प्रतिष्ठानका एडिसनल प्रोफेसर रविन मास्केले जानकारी दिए । प्रतिष्ठानमा दुइदिन सम्म चल्ने कार्यक्रममा १४ वटा सोध पत्र प्रस्तुत हुने बताए । कार्यक्रम मा स्वास्थ्य क्षेत्र मा नौलो प्रवि

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved