धरान/ चिकित्सा शिक्षा क्षेत्रमा भएका नया खोज र अनुसन्धानको विषयमा नया चिकित्सक तथा स्वास्थय कर्मीहरुलाई जानकारी गराउने उद्येश्यले धरानमा तेस्रो मेडिसिन उपडेट सुरु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानको मेडिसिन विभागको आयोजनामा शुक्रवार वाट सम्मेलन सूरु भएको हो ।
कार्यक्रमा विभिन्न रोगका विषयमा देश भरका चिकित्सकहरुले गरेका सोधपत्रहरु प्रस्तुत हुने तथा सोधपत्र माथि छलफल हुने आयोजक समितिका संयोजक प्रतिष्ठानका एडिसनल प्रोफेसर रविन मास्केले जानकारी दिए ।
प्रतिष्ठानमा दुइदिन सम्म चल्ने कार्यक्रममा १४ वटा सोध पत्र प्रस्तुत हुने बताए ।
कार्यक्रम मा स्वास्थ्य क्षेत्र मा नौलो प्रविधि र विकास कसरी गर्न सकिन्छ र नयाँ प्रविधि मार्फत चिकित्सा प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख समेत रहेका संयोजक मास्केले जानकारी दिए ।
कार्यक्रम मा देश भरिका चिकित्सा क्षेत्र का विषेशज्ञहरुको उपस्थिति रहने डाक्टर मास्केले बताए । कार्यक्रमा विषेशज्ञ चिकित्सकहरु, नेपाल भर विभिन्न कलेजमा एमडी अध्ययनरत चिकित्सकसगै नर्स तथा स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको छ ।
कार्यक्रमा प्रस्तुत भएका सोधपत्रमध्ये ३ वटा लाई अवार्ड प्रदान गरिने तथा विभिन्न मेडिकल कलेजमा एमडी गरिहेका विद्यार्थीहरुविच क्विज प्रतियोगिता समेत गराईने आयोजक समिति सदस्य डा भुपेन्द्र शाहले वताउनु भयो ।
सन् २००१ वाट सुरु भएको यो कार्यक्रम २०२२ मा दोस्रा २०२४ मा तेस्रो सुरु भएको हो ।