धरानमा पहिलो एम्स एसईई. दौड प्रतियोगिता हुने

  • जेठ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एम्स एकेडेमी धरान १२ का विद्यार्थीहरुले यो वर्ष एसईई दिएर बसेकाहरुको लागि दौड प्रतियोगिता गराउने भएको छ ।

दौढ प्रतियोगिताको नाम “एम्स एस.ई.ई. दौड प्रतियोगिता –२०८१” राखेको छ ।

बिद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रीयटिभ ग्रुप(एसिजी) ले उक्त प्रतियोगिता गराउने भएको हो ।

प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता यही जेठ २६ गते हुने भएको छ ।

आयोजक एसिजीका अध्यक्ष अंकित श्रेष्ठका अनुसार २०८० सालको एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुलाई पुनर्ताजगी गराउने, बिद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने र स्वास्थ्य जीवन जीउने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

एकेडेमीका प्रीन्सिपल सन्तोष कोईरालाका अनुसार विद्यार्थीलाई शिक्षासँगै स्वास्थ्य जीवनको लागि पनि यो प्रतियोगिता आयोजना गरिएको हो ।

उनका अनुसार दौड एम्स देखि सुरु भई छाताचोक, भानुचोक,पुतली लाईन, दुर्गाचोक, पानीट्यान्की हुँदै एम्समै आएर टुंगिने छ ।

उनले भने, छात्र र छात्रा गरि दुई समुहमा प्रतियोगिता गराईने छ , छात्र–छात्रा दुबैतर्फ प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति दोश्रो हुनेले नगद ३ हजार र प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति,प्रतियोगितामा तेश्रो हुनेले नगद १ हजार र प्लस टु अध्ययनका लागि ३५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छ ।

एकेडेमीका म्यानेजमेन्ट कोअर्डिनेटर दुर्गा सुबेदीले दौड प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यार्थीहरुले कक्षा–११ को भर्ना शुल्कमा ५० प्रतिशत छुट पनि प्राप्त गर्नेछन्।

दौड प्रतियोगितामा सहभागी हुन चाहने बिद्यार्थीहरुको नाम निःशुल्क दर्ता गराईने छ

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved