विराटनगरमा एक युवाले पेट्रोल खन्याएर लगाए शरीरमा आगो

  • जेठ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt फाईल फोटो

विराटनगर/ विराटनगरका एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् ।

शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

आगोले उनको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

केही समयदेखि पारिवारिक तनावमा रहेका कामतको केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।

 डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएकाले अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी दिए ।

श्रोत :प्रदेश खबर

 

व्यापारीको हत्या: चो ...

विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएक ...

धरानको फोहोरमा फेरि ...

धरान/ व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगर ...

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved