इटहरीमा रोड सफा गर्ने रोड वासर मेसीन

  • जेठ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ ।

सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’

उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए ।

इटहरी उपमहानगरले ६५ लाखमा ‘रोड वासर कम स्प्रिङकलर खरिद गरेको हो । मेयर पौडेलले रोड वासर कम स्प्रिङ कलरले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए ।

उनले भने,‘ उपमहानगरपालिका भित्र आवश्यकता अनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौँ ।’ प्राविधिकहरूका अनुसार यसले आगलागीको वेला आगो निभाउन पनि सहयोग गर्नेछ ।

व्यापारीको हत्या: चो ...

विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएक ...

धरानको फोहोरमा फेरि ...

धरान/ व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगर ...

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved