छुवाछुत गरेमा पार्टीबाट निश्कासन गरिने छ : भण्डारी "भानुचौकमा दीप प्रज्वलन,छुवाछुत देशकै समस्या हो"

  • जेठ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमालेले जातका आधारमा कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा पार्टी कार्वाही गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य मन्जु भण्डारीले जातीय विभेद र छुवाछुत विरुद्धको नेतृत्व एमालेले गरेको भन्दै पार्टीमा पनि कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा कार्वाही गरिने वताइन् ।

उनले भनिन्,“यदि एमाले पार्टीका नेता तथा कार्यकर्ता जो कोहीले छुवाछुत र विभेद गरेको पाइएमा पार्टीले त्यस्तालाई स्वतः कार्वाही गरिनेछ,पार्टीमा उजुरी गर्नुहोस्,साधारण सदस्यबाट समेत निस्काशन गरिनेछ।”

नेकपा एमालेले उत्पीडनको विरुद्धमा भएकाले सदैब छुवाछुत विरुद्ध आवाज उठाइरहने पार्टी भएको वताएकी छिन् ।

१८ औं जातीय छुवाछुत तथा विभेदमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा धरानमा दलितहरुले दीप प्रज्वलन कार्यक्रमको कोण सभालाई संबोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले उक्त कुरा बताएकी हुन् ।mukti

मुक्ति समाज धरानको आयोजनामा सोमबार धरानको भानुचौकमा साँझ दीप प्रज्वलन गरेर दिवसलाई मनाइएको थियो  ।

उक्त कार्यक्रममा नेकपा एमाले लेखा आयोग केन्द्रिय सदस्य डिबी शाहशंकरले राजनीतिक रुपमा गणतन्त्र स्थापना भएपनि अझै पनि दलितहरुलाई छुवाछुत गरिरहेको अवस्था भएको वताए ।

उनले भने,“नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणाको लागि तत्कालिन सांसद पर्शुराम मेघी गुरुङले संसदमा प्रस्ताब गरेको र त्यसको अगुवाई नेकपा एमालेले गरेको स्मरण गराउन चाहन्छु तर पनि अहिले सम्म दलितहरु माथि छुवाछुत र विभेद कायमै छ,यो दुखद कुरा हो।

”यो छुवाछुत भनेको दलितको समस्या मात्रै नभएर देशकै समस्या हो,

राजनीतिक दलको समस्या भएकाले नेपाललाई सुखी र सम्वृद्ध नेपाल बनाउनको लागि सवैको भुमिका रहनु पर्ने उनको भनाई छ ।muk

दीप प्रज्वलन पछिको कोण सभामा बोल्दै नेकपा एमाले धरानका उपाध्यक्ष पारस काम्बाङले पनि संविधानमा उल्लेख गरिएका प्रावधान र पार्टीले गरेका विभिन्न राजनीतिक दस्तावेजको आधारमा जातीय छुवाछुत अन्त्य गराउनको लागि स्थानीय स्तर कुनै कसुर बाँकी नराखेको र आगामी दिन समेत व्यवहारिक कार्यान्वयन गर्न र कानुनी लडाई लड्न तत्पर रहने प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरि नेकपा एमाले जिल्ला कमिटी सदस्य खगेन्द्र नेपालीले जातका आधारमा गरिने छुवाछुत अन्त्य नभइसकेको अवस्था रहेकाले अब व्यवहारिक कार्यान्वयन गर्न र गराउन स्वयम् दलितहरु चुप लागेर नवस्ने उद्घोष गरेका छन् ।

उनले यो छुवाछुत समस्या नभएर सवाल अनि मुद्धा भएकाले दलितले मात्रै होइन सवै जातजातीले नै व्यवहारिक कार्यान्वयमा जोड दिनु पर्ने वताएका छन् ।कार्यक्रममा पार्टीका नगर,जिल्ला,प्रदेश कमिटीका सदस्य,जन प्रतिनिधी लगायत सामाजिक संघ संस्थाका प्रतिनिधीको उपस्थिती थियो ।

कार्यक्रममा मुक्ति समाज धरानका अध्यक्ष कृतिमान दर्नालले स्वागत मन्तव्य गरे भने कार्यक्रमको सन्चालन नेकपा एमाले धरान नगर कमिटीका लेखा आयोग सदस्य खडग कोइरालाले गरेका थिए ।

 

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved