धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको धरान खेलकुद महोत्सव–२०८२ का तयारी अन्तिम चरणमा पुगेका छन्। धरान खेलकुद मञ्चको आयोजनामा मंसिर २५ गतेदेखि पुस १० गतेसम्म संचालन हुने महोत्सवका अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे दर्शकको भीड, प्रभाव र माग हेरेर पुस १० पछि पनि केही दिन थप गर्न सकिने सम्भावना खुला छ। “धरान महोत्सवको केन्द्रबिन्दु हो। हामीले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्यौँ भने यो महोत्सव नै धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कोसेढुङ्गा हुन्छ,” राईले भने। उनका अनुसार यो महोत्सवमा धेरै स्थानीय युवाको लगानी छ र उनीहरूले व्यावसायिकता
बिराटनगर/ मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रबाट स्रोत नखुलेको अवैध रकमसहित एक युवक पक्राउ परेका छन्। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा रकम फेला पारेको हो। बिराटनगर–१८ का रवि शाहले साथमा लुकाएर राखेको ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। शाहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेसारको धुलो , विभिन्न स्वादमा मसला जन्य सामाग्री उत्पादन, प्रसोधन र बिक्रि बितरण गरी स्थानिय उत्पादनमा जोड , स्वरोजगारसंगै कृषि कार्य गर्दै आएको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं १ का अध्यक्ष कि
सुनसरी/ जेनजी आन्दोलनपछि सामान्य अवस्था फर्किएको सुनसरीमा उद्योगी–व्यवसायीलाई निश्चिन्त भएर उद्योग–व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशासन प्रमुख बासुदेव घिमिरेले आह्वान गरेका छन्। आन्दोलनका कारण उत्पन्न अस्पष्ट वातावरण अब दोहोरिन नदिने विश्वास दिलाउँदै उनले व्यवसायिक गतिविधि आत्मविश्वासका साथ अघि बढाउन आग्रह गरे। बुधबार सुनसरी उद्योग वाणिज्य संघ, धरानले आयोजना गरेको ‘स्वागत तथा फेरि भेटौँला–शान्ति सुरक्षा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै घिमिरेले आन्दोलन र अपराधबीच स्पष्ट भिन्नता रहेको बताए। उनले आन्दोलनको नाममा अपराध गर्ने तीन जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै,
सुनसरी/ बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बनेको छ। केही वर्षअघिसम्म सुनसान रहने यो क्षेत्र अहिले सूर्यास्तको मनमोहक झल्को, नदी किनारको खुला भू–दृश्य, क्याम्प फायर, रिसोर्ट र खानापसलको विस्तारसँगै दैनिक हजारौँको भेटघाट बढेको छ। स्थानीय व्यवसायी बिकुल श्रेष्ठका अनुसार मङ्सिर १ देखि सुरु गरिएको क्याम्प फायर सेवा विशेष रूपमा लोकप्रिय बनेको छ। उनका अनुसार अहिले १० जना कामदारसहित क्याम्प फायर सञ्चालनमा छ र स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा स्वाद लिन आउनेको
झापा/ झापामा निर्माण भइरहेको सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाले झापालाई देशकै दोस्रो ठूलो इन्धन हबको रूपमा स्थापित गर्ने संकेत देखिएको छ। नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालले परियोजना सम्पन्न भएपछिको इन्धन आपूर्ति पूर्ण सुरक्षित हुने र नाकाबन्दी तथा हड्ताल जस्ता परिस्थितिले अब देशमा इन्धन अभाव नल्याउने दाबी गरेका हुन्। मेचीनगर नगरपालिकाले सोमबार आयोजना गरेको ईआइएसम्बन्धी सर्वदलिय वैठकमा बोल्दै बरालले भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताए। सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर र मे
सुनसरी/ सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते बसेको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गरी संघको नेतृत्व संरचना पूर्णता दिएको छ। अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको उक्त बैठकले वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष रामस्वरुप शर्मा, द्वितीय उपाध्यक्ष किसन मास्के र तृतीय उपाध्यक्षमा राजेश अग्रवाललाई चयन गरेको हो। त्यसैगरी, उद्योग सचिवमा नारायण लिम्बु, वाणिज्य सचिवमा नविन राजभण्डारी, प्रचार तथा संगठन सचिवमा विष्णु बराल, महिला सचिवमा वर्षा अग्रवाल र सह–कोषाध्यक्षमा राजु साह छानिएका छन्। महासचिव प्रभाव खतिवडा र कोषाध्यक्ष शैलेसकुमार आचार्य (प्रमोद) भने पहिलो बैठ
इटहरी/ राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार रुपैयाँ धरौटीमा मुक्त भएको छ। झापाबाट काठमाडौँतर्फ चोरी–पैठारी गरिएका मालवस्तु लिएर हिँडेको ट्रकलाई विशेष सूचनाका आधारमा असोज ७ गते इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको थियो। ट्रकमा बिना बिल–बीजक भारतमा उत्पादित विविध वस्तु फेला परेका थिए, जसमा– • डेरी मिल्क १८ ग्राम – ३८४० पिस • डेरी मिल्क ४० ग्राम – १४४० पिस • मिल्क डेरी मिल्क १०५ ग्राम &ndas
काठमाडौँ । नेपालमा कृषि उत्पादन अझै आत्मनिर्भर उपभोगमै सीमित रहेको प्रष्ट हुने तथ्यांक सार्वजनिक भएको छ। कृषि अर्थशास्त्री डा. देवेन्द्र गौचनका अनुसार देशभरका परिवारमध्ये पूर्ण रूपमा व्यावसायिक उद्देश्यले मात्रै कृषि उपज उत्पादन गर्ने परिवारको संख्या १.१ प्रतिशतमा झरेको छ। उनका अनुसार करिब ६९ प्रतिशत परिवारले उत्पादन गरेको खाद्यान्न र सामग्री आफ्नै घरमा उपभोग गर्छन्। त्यस्तै, मुख्यतः आफ्नै उपभोगका लागि उत्पादन गरी केही मात्रामा बचेको बेच्ने परिवार २५ प्रतिशत रहेको छ। “मुख्यरूपमा बेच्ने तर केही उपभोग गर्ने ५.४ प्रतिशत र सबै उपज बजारमै बेच्ने १.१ प्रतिशत मात्रै छन्,” डा. गौचनले बताए
धरान/ मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी तर्फको रिक्त पद पूर्ति गर्दै श्री अन्वेष अग्रवाललाई नयाँ सञ्चालकमा नियुक्त गरेको छ। बैंकको २६६ औं सञ्चालक समिति बैठक, मिति २०८२ कार्तिक २१ गते बसेको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका अफिसर सञ्जोग श्रेष्ठका अनुसार संस्थापक तर्फको पद लामो समयदेखि रिक्त रहेकाले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अग्रवाललाई चयन गरिएको हो। “उनको व्यवस्थापकीय क्षमताबाट बैंकको सेवा विस्तार, नीति–व्यवस्थापन तथा रणनीतिक निर्णयहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ,” अफिसर श्रेष्ठले