धरान उपमहानगरको १२५ औँ ‘धरान डे’ पुस २० मा मनाइने

  • पुस १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाको १२५ औँ स्थापना दिवस ‘धरान डे’ यस वर्ष पुस २० गते मनाइने भएको छ।

उपमहानगरपालिकाले यो अवसरमा धरानमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार बसेको बैठकले निर्वाचन आचारसंहिता र गृह मन्त्रालयको निर्देशनका कारण ‘धरान डे’ सीमित कार्यक्रमका साथ एकदिन मात्र मनाउने निर्णय गरेको हो।

यसअघि यो पर्व पाँच दिनसम्म मनाइँदै आएको थियो। कार्यक्रम अन्तर्गत करदातालाई सम्मान गर्ने विशेष कार्यक्रम पनि आयोजना गरिने उपमहानगरपालिकाले जनाएको छ।

 पुस २० गते सो दिन १० बजे भेला भएर ११ बजे विभिन्न जातजातिको झाँकीसहितको र्‍याली निकालिने भएको छ ।

पब्लिक हाइस्कुलको खेल मैदानबाट निस्किने र्‍याली बजार परिक्रमापछि सोही स्थानमा आएर टुंगिनेछ ।

झाँकी र र्‍यालीमा सहभागी बन्न नगरवासीमा मेयर हर्कराज राई (साम्पाङ)ले आग्रह गरेका छन् ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved