विराटनगर । प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश सरकार वित्तीय संकटतर्फ उन्मुख भएको बताएका छन । प्रदेशको आर्थिक कार्यविधि ऐन विपरीत २०७४ विपरीत गरिएका खर्च, दीर्घकालिन योजनामा बजेटको सीमाभन्दा बढी खर्च गर्दा र अर्थमन्त्रालयको सहमतिबिना बजेटरी खर्च हुँदा प्रदेश वित्तीय संकटतर्फ उन्मुख भएको आङ्बोको भनाई छ । मन्त्री निवास विराटनगरमा आईतबार अपरान्ह पत्रकार सम्मेलन गरी मन्त्री आङ्बोले मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्ति लगत्तै बजेट सुशासन सकिएको आरोप लगाए । भने, “भौतिक पूर्वाधार मन्त्रालयमा राज्य
विराटनगर । प्रदेश १ सरकारको खर्च क्षमता पहिलो चौमासिकमा निकै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा प्रदेश सरकार खर्च १२ प्रतिशत रहेको छ । सरकारले चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख, पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५ लाख र वित्तीय व्यवस्था तर्फ ४ करोड गरी ४० अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालूतर्फ १ अर्ब ५२ करोड ३८ लाख र पूँजीगततर्फ ३ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ । यो कूल बजेटको १२ प्रतिशत हो । कोरोना महामारीबीच प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ल्याएको बजेट मध्ये आधामात्र खर्च गर्न दसैंअघि नै आर्थिक मामिला तथा य
धरान । नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीबाट सफ्टवेयरमा आधारित भएर धरान उपमहानगरपालिकाले वडा बाटै खर्च तथा भुक्तानी गर्ने प्रक्रियाको शुरुवात गरेको छ । संघीयताको मर्म तथा ऐन अनुसार वडा तहमा नै खर्च तथा भुक्तानी गर्ने प्रक्रिया शुरुवात गरेको हो । धरानले बित्तिय संघीयता कार्यान्वयनको उदाहरण पेश गरेको छ । वडा कार्यालयहरुलाई नै वडाको बजेट खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने, बेरुजु फछ्यौट गर्नेलगायत सबै अधिकार प्राप्त भएको छ । वडाको बजेट खर्च तथा भुक्तानीको लागि अब विगतमा जस्तो उपमहानगरपालिका धाइरहनुपर्ने बाध्यता हटेको छ । धरानमा बुधबार धरानको वडा नं १५ मा संघीय सांसद जयकुमार राईल
धरान । साताको पहिलो दिन सुनचाँदीको मुल्यमा गिह्रावट् आएको छ । नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार छापावाल सुन तोलको रु ९१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य आईतबार तोलामा ६ सयले घटेर तोलाको ९० हजार ७ सय कायम भएको हो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वराहक्षेत्र/ कोभिड संक्रमणको विषम परिस्थितिका बावजुद वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगततर्फ औसत खर्च गरेको छ । चालुतर्फ विनियोजित वार्षिक बजेटको २५ दशमलव ८६ प्रतिशत खर्च गरेको छ, भने पुँजीगततर्फ १२ दशमलव १४ प्रतिशतमात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षमा नगरले वराहक्षेत्र ४ स्थित पिडारी– कुटी १ हजार ७ सय मिटर कालोपत्रे सडक सम्पन्न गरेको छ । यस्तै धनपुरी– कालाबन्जर सडक ९ सय ५० मिटर र ४५० मिटर कालोपत्रे गरेको छ । वराहक्षेत्र ७ स्थित सोमबारे– बांगे ४ सय मिटर कालोपत्रे सम्पन्न गरेको छ । नगर कार्यपालिका परिषरमा प्रशासनिक भवन र कृषि प्
धरान साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको सुनको मुल्यमा वृद्धि भइ आज ९८ हजार २ सयमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि तोलाको १० रुपयाँैले बढेर १२ सय ८५ कारोबार भइरहेको छ ।
इलाम । इलाम नगरपालिका–५ का ५१ वर्षिय प्रेम लिम्बु श्रमिक हुन । उनी गाडिको सामान लोड र अनलोड गर्ने काम गर्छन । सामान बोकेको भरमा उनले दिनको पाँचसय रुपैयाँ जति कमाउथे । लक डाउन भएपछि यातायात प्रायः ठप्प भयो । यातायात बन्द भएपछि उनको कमाई बन्दनै भयो । यातायात शुरु भएपछि उनी अहिले सामान्य अवस्थामा फर्किदैछन । पाँच जनाको उनको परिवारमा अहिले उनीहरु दुईजना बस्छन् । परिवारको घर खर्च उनी एक्लैले धान्न पर्छ । दुखले घर खर्च धानिरहेका लिम्बुलाई लकडाउनको समयमा निकै हम्मे हम्मे प¥यो । अहिले थोरै भएपनि काम पाउन थालेपछि उनलाई केही आशा पलाएको छ । फाकफोकथुम गाउँपालिका ३ का २५ वर्षिय गौरव लामिछाने या
धरान । कोरोना संक्रमणको न्युनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक भार बढ्दै गएको छ । अस्पतालको ओपिडि सेवा र चिकित्सा शिक्षा तर्फको भर्ना ठप्प हुँदा प्रतिष्ठानलाई आर्थिक संकट हुन थालेको छ । विगत ७ महिना देखिको लकडाउनमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भए । दैनिक जसो ३५ सय बिरामीहरुले ओपिडि सेवा लिने गर्दथे । लकडाउनमा सेवानै बन्द हुँदा ८० प्रतिशत आयस्रोत घटेको छ । यता चिकित्सा शिक्षाको नयाँ भर्ना पनि हुन सकेन । प्रतिष्ठानको आयस्रोत पनि ठप्प भएकाले आर्थिक संकट बढ्दै गएको रजिष्टा
धरान / कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिह्रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार तोलाको ९४ हजार ५ सयमा कारोबार भइरहेको सुनको मुल्यमा २ सयले गिह्रावट भएर ९४ हजार ३ मा आएको हो ।त्यस्तै महासंघका अनुसार शुक्रबार तेजावी सुनक प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ भने चाँदीको मुल्य स्थिर रहदै तोलाको ११ सय ७५ मा कारोबार भइरहेकोे छ ।
इलाम / इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्