अर्थ

    Showing 681-690 of 1,054 items.
  • लघुवित्तका नाममा सर्वसाधारणलाई यातना 

    हरेक क्षेत्रमा समस्या छ । देशमा एक होइन, अनेक समस्या छन् । सर्वसाधारण नागरिकहरू जहाँ पनि पीडित नै छन् । वैदेशिक रोजगारका नाममा होस् वा सहकारीका नाममा हरेक क्षेत्रमा सर्वसाधारणहरू ठगिएका छन्, लुटिएका छन् । यिनै पीडितलाई अनेक आश्वासन दिएर कसैले राजनीतिक लाभ लिइरहेका छन् । यस्तै बेथितिहरूका कारण सर्वसाधारण आजित भइसकेका छन् तर जति नै आजित भए पनि कुनै उपाय छैन ।  यस्तै उपायहीन भएपछि सर्वसाधारण नागरिकहरू बाध्य भएर सडकमा ओर्लिन्छन् । लघुवित्त संस्थाबाट पीडित सर्वसाधारण पनि आन्दोलनमा ओर्लिएका छन् । लघुवित्तले महिलाहरूलाई आर्थिक शोषण गरेको पीडित महिलाहरूको आरोप छ । सरकारले आइतबार जनयुद्ध दिवसको व

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 638 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • उवासंघ अध्यक्षमा पराजुली निर्वाचित

    सुनसरी / उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् । पराजुलीे १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतका अनुसार पराजुलीको निकटतम प्रतिद्वन्दी रञ्जु सिग्देल (चौलागाई) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरेकी छन् भन मणिन्द्रकुमार कटवालले ४० मत मात्र प्राप्त गरेका छन् । अध्यक्षमा कूल २,७९० मत खसेको थियो । होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्षसमेत रहेका पराजुलीले व्यवसायीका हक, हित तथा समस्या समाधानकालागि काम गर्ने बताए । उनले भने–‘मेरो कार्यकाल व्यवसायिको समस्या समाधान गर्नेतर्फ केन्द्रित रहन्

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैंकिङ जटिलता समाधान गर्न व्यवसायीको आग्रह

    मोरङ/ व्यवसायीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी बर्तमान बैंकिङ जटिलताका विषयमा जानकारी गराउँदै समाधान गरिदिन आग्रह गरेका छन् । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री पौडेललाई भेट गरी विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका हुन् । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले अर्थ मन्त्रीलाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्को हुन गएको बताउँदै बढीमा एक प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध गरेका थिए । उनीहरुले बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएक

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँचौ पुष्प व्यापार : मेलामा लक्ष्य अनुसारको व्यापार भएन

    धरान /  धरानमा सम्पन्न पाँचौ पुष्प व्यापार तथा प्रदर्शन मेलाबाट आयोजकले सोचेजस्तो कारोबार गर्न सकेन । मेलामा आयोजकले मेला अवधिभर ७० लाखको कारोबार गर्ने अनुमान गरे पनि १० देखि १५ लाख मात्र कारोबार भएकोे जनाएको छ ।आयोजक फ्लोरी कल्चर एसोसिएसनले पुष्प व्यापार तथा प्रदेशन मेलामा आयोजकको अपेक्षा अनुसार कारोबार नहुनुमा पुष्प व्यवासायीबीचको एकता र स्थानीय सरकारले गरेको असहयोग मुख्य कारण रहेको बताएका छन् । ५ दिनसम्म चलेको सो मेलामा स्थानीय सरकार प्रमुख एक पटक पनि अवलोकनका लागि नआएको आयोजकको गुनासो छ । मेलामा सक्रिय भएर शुरु देखि नै खटिनु भएकी व्यवसायी शिव वान्ताले धरान उपमहानगरपालिकाका मेयर

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किसानका समस्यालाई ध्यान देऊ

    आफ्ना उत्पादनले उचित मूल्य नपाएकामा धरान उपमहानगरपालिका–२० का किसानहरू चिन्तित भएको समाचार आएको छ । साबिक विष्णुपादुका गाविसलाई अहिले धरान उमनपाकै वडा नम्बर २० बनाइएको छ । सात वर्षअगाडि ‘बेसार जोन’ घोषणा गरिएको सो क्षेत्रमा उत्पादित बेसारले उचित मूल्य नपाएको उनीहरूको भनाइ छ । स्थानीय सरकार तथा व्यवसायीहरूले विष्णुपादुकालाई ‘बेसार जोन’ को रूपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर त्यसअनुसार काम अगाडि बढ्न नसक्दा योजना अलपत्र परेको छ । विष्णुपादुकामा बेसार, अदुवा र अम्लिसोलाई नगदेबालीका रूपमा लिने गरिएको छ तर यी कृषि सामग्रीले बजार पाउन सकेका छैनन् । बिचौलियाले म

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 707 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • जग्गा वर्गीकरण : वैज्ञानिक मापदण्ड आवश्यक

    कृषियोग्य जमीन संरक्षण गर्न सरकारले भू–उपयोय नीति जारी गरे पनि कृषियोग्य जमीन संरक्षण नहुने अवस्था देखिएको छ । कृषियोग्य जमीनको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत् कृषि उत्पादनमा वृद्धि, खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित शहरीकरणलगायतका उद्देश्य राखेर सरकारले भू–उपयोग नीति जारी गरेको हो । अहिले अवस्था भिन्न देखिन थालेको छ । कृषि क्षेत्रमा परेपछि दुई कट्ठाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने र मूल्य पनि सस्तो पर्ने ठानेर सर्वसाधारणले कृषियोग्य उर्वर भूमिलाई पनि आवास क्षेत्रमा पार्ने प्रयास गर्न थालेपछि सरकारी उद्देश्य नै असफल हुने देखिए

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 802 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • बेसार जोन नारामा सीमित कृषकले उत्पादन गरेको बेसारले बजार पाएन

    धरान / सुनसरीको धरान उपमहानगर पालिका २० लाई वेसारजोनको रुपमा विकास गरेर लाने धरान उपमहानगरपालिकाको योजना छ । सात वर्ष अगाडि त्यो क्षेत्रलाई बेसार जोन घोषणा गरिएको थियो । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय सरकार तथा व्यवसायीहरुले विष्णुपादुकालाई बेसार जोनको रुपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर सोही अनुसार काम भने अगाडि बढ्न सकेन । साविकको विष्णुपादुका गाविस र अहिले धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका अदुवा र बेसारको बढी खेती हुने स्थानको रुपमा लिइएको छ । विष्णुपादुकामा ३ सय ५० भन्दा बढी घरधुरी रहेका छन् । बेसारमात्र एक घरले वार्षिक रुपमा ८ देखि १० क्विन्टल उत्पादन गर्छ

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ कृषि मन्त्रालयले नीति बनाएको छ कृषकलाई थाहा नै छैन

    धरान / पुष्प प्रवद्र्धनका लागि प्रदेश सरकारले कृषि सम्बन्धी नीति बनाए पनि धेरै लाई थाहा नभएको प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताएका छन् ।उनले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ नियमावली ०७८ बनेको प्रष्ट पार्दै यो ऐनले कुनै कृषक, सहकारी, उद्यमीले एक वर्ष केही सेवा सुविधा पाएमा मन्त्रालयबाट, कृृषि ज्ञान केन्द्रबाट, भेटनरी कार्यालयबाट तीन वर्षसम्म केही सुविधा नपाउने यो प्रावधान नयाँ उद्यमी बढाउने उद्देश्यले ऐन बनेको बताए । उनले यो नियमावली प्रदेश सांसदले बैठकबाट सर्वसम्मत सहमति गरेर बनाएको ऐन भएको बताए । भेलेन्टाइन डे नजिकिँदै जाँ

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सीएनआई कोसी एक्स्पो ‘खाँडी र ढाका कपडाको विदेशसम्म ब्राण्डिङ’

    मोरङ / कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोसाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० वर्षअघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेट

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वितरण प्रणालीलाई ठीक बनाऊ

    आफ्ना उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै झापाका किसानले मङ्गलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउन उनीहरूले कुखुरा र अण्डा सडकमा फालेका हुन् । केही दिनअघि चितवनका किसानहरूले पनि यसै गरी तरकारी सडकमा फालेका थिए । किसानहरूले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बनाको विषय हो । किसानले मेहनत गरेर उत्पादन गरे पनि उनीहरूले यसको उचित मूल्य पाउन सकेका छैनन् तर आश्चर्यको विषय त के छ भने उपभोक्ता भने महङ्गीको मारमा परेका छन् । किसानले प्रतिगोटा ८ रुपैयाँमा बिक्री गरेको अण्डा उपभोक्ताले भने प्रतिगोटा १५ रुपैयाँमा किन्नु

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 729 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved