धरान/ झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ । अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी
काठमाडौं । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ ।भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ ।यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।महादेवबाट पाएको सृष्टिको सृज
धरान ।यामाहा स्कुटर खरीद गर्दा एक लाख रुपैयाँ नगद धरानका ग्राहकले प्राप्त गरेका छन् । धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट धरान १५ का तेज बहादुर लिम्वूले भदौ ३१ गते खरीद गरेको स्कुटरमा उक्त एक लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् । लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए । ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाका अनुसार ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको छ । उक्त स्कीम दशैं तिहार र छठ पर्व सम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ । यामाहाले स्कीम अन्र्तगत ६ हजारदेखि १० लाख रुप
धरान/ मन्त्री भएपछि गृहजिल्लासँगै कोशी प्रदेशका विभिन्न जिल्लामा भेटघाट कार्यक्रममा आउनु भएका ऊर्जा तथा सिँचाईमन्त्री दिपक खड्कासमक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यालय सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रमा देखिएका समस्याका विषयमा उद्योगी, व्यवसायी तथा सर्वसाधारणले गुनासो पोखेका छन् । सुनसरी उद्योग वाणिज्य सघको सभाहलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गुनासो पोखेका हुन् । नेपाल विद्युत प्राधिकरणले हाल भारततर्फ एक हजार मेघावाट विद्युत निर्यात गरिरहेको र आगामी १० बर्षमा १० हजार मेघावाट विद्युत विक्री गर्ने लक्ष्य राखेको अवस्थामा उद
धरान ।सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले नयाँ स्कीम ल्याएको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको र्दुगा अटो प्यालेस धरान ८ प्रबन्धक दुर्गा भुजलले बताए । उनले भने,‘ग्राहक बर्गका लागि चाडपर्व स्कीम सुजुकीले ल्याएको छ,यो अवसर एक चोटी आउँछ,मौकाको फाइदा लिन हुन अनुरोध गर्दछु,मौका आउँछ पर्खदैन,दशै आयो क्यास पायो,चाँडो गनुैहोस्।’ प्रबन्धक भुजेलले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् । कुनै पनि ब्राण्डका मोटरसाइकल एक्
विराटनगर/ भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ को तयारी तीव्र पारिएको छ। कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको आयोजनामा हुने एक्स्पोको तयारी पुरा भएको जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्पोमा अत्याधुनिक प्रविधिहरू र पर
धरान/ धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका र साँगुरीगढी गाउँपालिका आहाले जिल्ला फरक भएपनि छिमेकी गाउँ हुन् । यहाँका सर्वसाधारण कृषि पेशाबाट जीविकोपार्जन गर्छन् । समय अनुसारको कृषि सामाग्री उब्जनी गरेर धरान ल्याउने र गर्जो टार्ने काम उनीहरुको दैनिकी नै हो । १२ महिना अदुवा फलाएर विक्री गर्ने उनीहरुले अहिले भने अम्रिसो कुचोबाट मनग्गे आम्दानी गरिरहेका छन् । धरान उपहानगरपालिका वडा नं. २० विष्णुपादुका मोतिलाल राई शुक्रबार विहानै धरान ११ मंगलबारेको हटियामा भेटिए । अम्रिसो कुचो मनग्गे उत्पादन गरेका राईले उत्पादन गरेको अम्रिसोको कुचो विक्रीकै लागि मंगलबारे हटियामामा विक्री गर्न आएका हुन्
विराटनगर/ विराटनगर स्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गरा
सुनसरी/ कृषी उपज धरानमा साताको दुई दिन खसी बोकाको व्यापार हुन थालेको छ । चाड पर्वलाई लक्षित गरेर धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा साताको दुई दिन व्यापार सुरु भएको हो । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आए
इटहरी । इटहरी उपमहानगरपालिकाले भुक्तानी नदिएपछि सर्वसाधारणहरू आन्दोलित बनेका छन् ।शनिबार यहाँस्थित भुक्तानी नपाएका उपभोक्ताहरूको संघर्ष समितिले उपमहानगरअगाडि विरोध प्रदर्शन गरेका हुन् ।आर्थिक वर्ष २०८१÷८१ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् । संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले इटहरीको विकासमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण भएपनि उपमहानगरले अवमूल्यन गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।‘उपभोक्ताहरूले पटकपटक रकम भुक्तानीका लागि नगर प्रमुख हेमकर्