लाहुरे बन्ने सपना: धरानमा बढ्दो आकर्षण, युवाको पहिलो रोजाइ सिंगापुर पुलिस

  • वैशाख २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  देशमा राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीको बाबजुद, नेपाली युवाहरुले लाहुरे बन्ने सपना त्यागेका छैनन्।

देशभित्र सम्भावना देख्न नसकेका युवाहरु विदेशमा भविष्य खोज्न आतुर छन्। लाहुरे बनेर आर्थिक समृद्धि र पारिवारिक सुखको सपना सजाउने युवा पुस्ताको पहिलो रोजाइ बनेको छ — सिंगापुर पुलिस।

खोटाङका विनोद श्रेष्ठ धरानस्थित ब्रेफ गोरखा ट्रेनिङ सेन्टरमा लाहुरे बन्ने सम्भावनासहित तालिममा जुटिरहेका छन्। उनी भन्छन्, "नेपालमा स्थायीत्व नहुनु, बेरोजगारी बढ्नु र आत्मनिर्भर बन्ने अवसर नहुनुका कारण लाहुरेतर्फ मोडिन बाध्य भएका हौं।"

यस्तै ताप्लेजुङका सुजन लिम्बु कक्षा १२ मा अध्ययनरत छन्। तर पढाइभन्दा बढी उनी लाहुरे बन्ने तालिममा केन्द्रित छन्। सुजनको पहिलो लक्ष्य सिंगापुर पुलिस हो। असफल भए ब्रिटिश वा इन्डियन आर्मीमा प्रतिस्पर्धा गर्ने सोच छ।

धरानमा यस्ता सपना बोकेर तालिम लिनेहरुको संख्या दिनदिनै बढ्दो छ। ब्रेफ गोरखा ट्रेनिङ सेन्टरका सञ्चालक उमेश राईका अनुसार, धरानमा मात्रै ७० भन्दा बढी ट्रेनिङ सेन्टरहरु सञ्चालनमा छन्, जहाँ पूर्वी पहाडी जिल्लादेखि मधेशसम्मका युवाहरु सहभागी हुन्छन्।

अर्का युवा जेनिस राई भन्छन्, "नेपालमै रोजगारी पाएको भए हामी विदेश जान बाध्य हुने थिएनौं।" तर सिंगापुर, ब्रिटेन वा भारतको सुरक्षासेवा क्षेत्रमा प्रवेश गर्न सके पेन्सन, सुविधा र सामाजिक प्रतिष्ठाका कारण युवाहरु त्यसतर्फ आकर्षित छन्।

राज्यले स्वदेशमै दीगो रोजगारी सिर्जना गर्न सकेन भने लाहुरे बन्ने युवा जमात अझै बढ्दै जाने निश्चित देखिन्छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved