प्रधानमन्त्री ओलीको उपस्थितिमा आज विराटनगरमा कोशी लगानी सम्मेलन

  • वैशाख १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशको पहिलो लगानी सम्मेलन आज (बिहीवार) विराटनगरमा हुँदैछ। वीरेन्द्र सभागृहमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री ओली आज बिहान ११ बजे विशेष उडानमार्फत विराटनगर आइपुग्ने प्रदेश सरकारले जानकारी दिएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताएका छन्।

सम्मेलनको पूर्वसन्ध्यामा बुधबार ‘प्रि–इनभेष्टमेन्ट मिट’ सम्पन्न भएको छ।

सो अवसरमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीमैत्री वातावरण निर्माणका लागि आठ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिएका थिए।

उद्योगी तथा व्यवसायीहरू जलविद्युत्, पर्यटन, कृषि र पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना उल्लेख्य रहेको बताउँदै कर प्रणालीमा सहजीकरणको माग गरेका छन्।

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना सार्वजनिक (‘सोकेस’) गर्दैछ। ती परियोजनामा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।

सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका मुलुकका लगानीकर्ता, गैरआवासीय नेपाली तथा स्वदेशी प्रतिष्ठित उद्योगीहरूको उपस्थिति रहने जनाइएको छ।

सम्मेलनमा विभिन्न क्षेत्रका लगानी सम्भावनाबारे विषयगत छलफल हुने कार्यक्रम छ।

 

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved