कोशी प्रदेश लगानी सम्मेलन सुरु, ७१ परियोजना सोकेसमा

  • वैशाख १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश सरकारको आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन २०२५ विराटनगरमा सुरु भएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले लगानीकर्ता र निजी क्षेत्रको भरपर्दो वारेस बन्ने प्रतिबद्धता जनाए।

उनले प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए।

"लगानीकर्ताको सुरक्षादेखि परियोजनाको सहजीकरणसम्ममा प्रदेश सरकार तुरुन्त सक्रिय हुनेछ," मुख्यमन्त्री कार्कीले भने, "संघीय सरकारसँगको समन्वयमा आवश्यक पहल गर्ने जिम्मेवारी समेत हामी लिन्छौं।"

उनले सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको उल्लेख गर्दै भने, "एक वर्षसम्म निरन्तर छलफल र समन्वयपछि छनोट गरिएका ७१ वटा परियोजना सम्मेलनमा प्रस्तुत गरिएको छ। ती परियोजना आठवटा मुख्य क्षेत्रसँग सम्बन्धित छन्।"

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved