अर्थ

    Showing 231-240 of 1,054 items.
  • बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

    धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ । बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ ।    आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको चुलाचुली गुफा प्रचारको पर्खाइमा

    भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–४, दलगाउँस्थित दिपेनीमा रहेको ऐतिहासिक चुलाचुली गुफा प्रचारको अभावमा ओझेलमा परेको छ। हेर्दा नै अनौठो लाग्ने, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो स्थल संरक्षणको काम भइरहे पनि पर्यटकीय रुपमा चिनिन सकेको छैन। गुफा भौगोलिक रूपमा विकट क्षेत्रमा पर्छ। यस कारण पनि यो स्थान देश–विदेशमा व्यापक प्रचारप्रसार हुन नसकेको स्थानीय अनिल राई बताउँछन्। उनका अनुसार गुफामा प्रवेश गर्दा विभिन्न देवीदेवताका आकृतिहरू, हात्तीको सुड, गाईको थुन, नागका चित्र जस्ता आकृतिहरू देख्न सकिन्छ। साथै, वरपरका ढुङ्गा खोलाका बगर झैँ कुदिएका छन्, जुन प्राकृतिक रू

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनचाँदी बजार ओरालो: लगानीकर्तामा निराशा?

    काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गते) उल्लेखनीय गिरावट देखिएको छ। एकैदिन छापावाल सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ३५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन, बुधबार सुन एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज एक हजार ९२५ रुपैयाँमा झरेको छ। बुधबार यसले एक हजार ९६० रुपैयाँको दर कायम गरेको थियो। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको माग

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोङ गाउँपालिकाको ‘गुरु किसान’ योजना: किसानलाई मालिक बनाउने अभियान

    इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भनेर नारा लगाइए पनि त्यसअनुसार कार्यक्रम कार्यान्वयन नहुँदा किसानको जीवनस्तर उकासिन सकेको छैन। तर इलामको रोङ गाउँपालिकाले भने स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै किसानमुखी योजनाहरू अघि बढाएको छ। गुन्द्रुक, सिन्की, मह र बेसारजस्ता स्थानीय उत्पादनको सफल बजारीकरणपछि गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको हो। ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ अनुसार छनोट गरिएका १२१ जना नमुना किसानलाई हालै ‘गुरु किसान’ घोषणा गर्दै उनीहरूलाई पोशाक र झोला प्रदान गरिएको छ। गुरु किसानहरूले अरू किसानलाई

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माइपोखरीमा ४० हजार माछाका भुरा छाडियो

     इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा ४० हजार माछाका भुरा छाडिएको छ। सन्दकपुर गाउँपालिका–१ स्थित माइपोखरीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले माछाका भुरा छोडेको हो। प्राकृतिक तथा सार्वजनिक जलाशयमा माछाको संख्या वृद्धि गर्न थालिएको अभियानअन्तर्गत माइपोखरीमा भुरा छाडिएको कार्यालय प्रमुख डा. राघवेन्द्र तिवारीले जानकारी दिए। भुरा छोड्ने कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, प्राविधिक बेदनिधि दुलाललगायतको उपस्थिति थियो। माछाको प्रजनन वृद्धि गर्दै पारिस्थितिक सन्तुलन कायम गर्न

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारबाट फर्किएपछि च्याउखेतीमार्फत वार्षिक १८ लाखभन्दा बढी बचत

    धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले च्याउखेतीबाट वार्षिक रु १८ लाखभन्दा बढी बचत गर्न सफल भएका छन्। तीन वर्षअघि दुबईबाट फर्किएका भुजेल हाल आफ्नै गाउँमा च्याउखेती गरेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। विदेशमा काम गर्दा महिनाको ३५–४० हजार रुपैयाँ कमाउने भुजेलले त्यसबाट खासै बचत गर्न सक्दैनथे। तर, अहिले उही मेहनत आफ्नो देशमा गर्दा राम्रो आम्दानीसँगै सन्तोषजनक जीवनयापन गरिरहेका छन्। “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनमा आँट थियो। विदेश होइन, अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ,” भुजेल भन

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नापतौल जाँचपास र नवीकरण गर्न आग्रह

    धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई नापतौलको जाँच पास गराई नविकरण गर्न आग्रह गरेको छ । विराटनगर स्थित गुणस्तर तथा नापतौल कार्यालयबाट आएको टोलीले नापतौल सम्बन्धी ढक, तराजु, मिटर, डिजिटल तराजु सहितको चेकजाँच गर्ने भएकोले तोकिएको समय भित्र आफ्नो साधन जाँच पास गराउन संघले आग्रह गरेको हो । थोक तथा खुद्रा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका साधन आधिकारिक रूपमा धरान आउने नापतौलको टोलीसँग जाँच पास गराई नवीकरण गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले स्थानीय व्यवसायीहरूलाई आग्रह गरेको छ । गुणस्तर नापतौलको टोलीले धरानमा ३ ठाउँ जाँच पास र नवीकरण गर्ने सङ्घले जनाएको छ । सङ्घद्वारा जारी

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो पानबारी गोल्डकप सुरु,आज इटहरी र झापावीच भिडन्त

    धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता शनिबादेखि सुरु भएको छ ।   प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेसँगै उद्घाटन खेल शुरु भएको थियो । धरान ६ स्थित पानबारी फुटबल ग्राउण्डमा भएको उद्घाटन खेलमा सिसिआइडि धनकुटाले विजयी सुरुवात गरेको छ ।सिसिडिआइसी मौनावुधुक धनकुटाले आरआईएफसी काठमाडौँलाई १–० गोलले पराजित गर्दै विजय भएको हो । निर्धारित ७० मिनेटको खेलमा पहिलो हाफको २० औ मिनेटमा सिसिआआडिका सबिन राईले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । उनले गरेको गोल नै खेलको निर्णायक गोल बने । खेलको म्यान अफ द म्याच पनि सविन राई

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा इन्जिनियर विद्यार्थीहरूको नवप्रवर्तनशील सहभागिता

    धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा आधारित नवीन योजना विकास गर्न र स्थानीय समुदायको समृद्धिमा योगदान पुर्‍याउन एलिसन हस्पिटालिटी प्रा. लि.ले ‘पर्यटन प्रोजेक्ट सोकेस–कोशी’ नामक प्रतियोगिताको आयोजना गर्ने भएको छ। इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्चर) अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतिस्पर्धामा देशभरका २१ टिमले आवेदन दिएमा पनि प्रारम्भिक छनोट प्रक्रियाबाट १० टिम फाइनलमा पुगेका छन्। भिडियो : यी टिमहरूले डाँडाबजार, राजारानी, सोलु, संखुवासभा, पानीटार इलाम, अन्तु इलाम, माइपोखरी, ओखलढुंगा लिखु, र मुन्धुम सर्किटलगायत कोशी प्रदेशका ग

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६४ वर्षीय युक्ति चौधरीको प्रेरणादायी जीवन : मेहनत र आत्मनिर्भरताको पहिचान

    धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरी उमेरले भन्दा कामले जवान देखिन्छन्। बिहान सबेरैदेखि बेलुका अबेरसम्म खेतबारीमा खटिने उहाँको जोश देख्दा आजका युवालाई पनि लाज लाग्न सक्छ। छ वर्षअघि एक कट्ठा जमिनमा सुरुवात गरिएको तरकारीखेती अहिले चार बिघामा फैलिएको छ। काँक्रा, बोडी, घिरौँला, लौका, टमाटरलगायत मौसमी तरकारी उत्पादन गर्दै आउनु भएका चौधरीले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ। “आराम गर्ने उमेर हो तर काम नगरी बस्नै सकिन्न। हातखुट्टा चलिरहेसम्म म खेतमै खटिन्छु,” उहाँको भनाइ छ। परिवारको समन्वय र साथले चौधरीको कृषि उद्यम अझ मजबुत बनिरहेको छ

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved