भोजपुरे अकबरे खुर्सानी भारत सम्म माग बढ्यो,उत्पादन धान्नै गाह्रो

  • असोज ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ भोजपुर जिल्लामा अकबरे खोर्सानीको खेतिमा कृषकहरु आकर्षित बन्दै गएका छन् । अकबरे खोर्सानीबाट मनग्ने आम्दानी लन थाले पनि अन्य बाली लगाउनै छाडेर कृषकहरुले अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका हुन् ।

खोर्सानीको माग बढ्दै जाँदा कृषकहरुले माग धान्नै गाह«ो परेको छ । जसले गर्दा उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानीको माग बढेको हो । उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानी छिमेकी जिल्ला, तराईका जिल्ला र भारतसम्म पुग्ने गरेको छ ।

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने बताए।‘

अहिले प्रतिकेजी २५० देखि ३०० का दरले खुर्सानी बिक्री भइरहेको छ। मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु’, उनले भने ।खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरू पनि छन् ।

पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले त्यसैमध्येका एक हुन्। १० वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन् ।

‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ’, राईले भने ।

दुई लाख खर्च गरेर दुई हजार ५सय बिरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राई बताउँछन् ।

यसअघि मकै, कोदो, आलुलगायत खेती गर्नेहरू पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ। पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी शुरु गरेका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताए ।

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भूभागमा अकबरे खुर्सानी खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ। प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved