धरान । धरानका निर्माण व्यवसायीहरु संगठित भएका छन् । धरानमा पहिलो पटक नेपाल निर्माण व्यवसायी संघ समिती गठन गरेसँगै व्यवसायीहरु संगठित भएका हुन ।
मंगलबार धरानमा निर्माण व्यवसायहरुको बृहत भेलाद्धारा व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेव भण्डारीको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो ।उक्त भेलाद्धारा महेन्द्र प्रधानको नेतृत्वमा ९ सदस्य कार्य समिती बनेको छ ।
उक्त समितीमा प्रथम उपाध्यक्षमा उत्तम कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष विजय तामाङ ,महासचिब, अशीष कटवाल,सचिव विश्वबन्धु लिङ्थेप र कोषाध्यक्षमा नारायण लिम्बूलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा क्रमसः प्रकाश थापा मगर,जयप्रकाश शर्मा र नरेन कुमार मगर रहेका छन् । कार्यक्रममा विशेष अतिथी धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम बेघा, सुनसरी उद्योगा वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायत थिए ।
कार्यक्रममा उप मेयर वेघाले निर्माण व्यवसायीहरुको हक हित र अधिकारको निम्ति सहयोग गर्ने प्रतिवद्धता सहित व्यवसायी र स्थानीय सरकारबीच अझ सम्वन्ध विस्तार गर्दै जाने बताएका छन् ।
नव निर्वाचित अध्यक्ष महेन्द्र प्रधानले निर्माण व्यवसायीहरुको हक हितको लागि काम गर्नको लागि संगठित भएको बताए । कार्यक्रम नेपाल निर्माण व्यवसायी संघ जिल्ला सुनसरी अध्यक्ष रिद्धिराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
धरानमा सङ्घको इकाई समिति र त्यसको इन्चार्ज मात्र थियो । निकै समय पछि संशोधित विधानको व्यवस्था अनुसार धरान उपमहानगर शाखा समिति गठन गर्न अधिवेशन भएको हो ।
धरानमा पहिलो पटक २०४० सालतिर नेपाल ठेकेदार सङ्घ गठन भएको थियो । त्यसका संस्थापक अध्यक्ष गणेशलाल श्रेष्ठ थिए । धरानमा हाल ८५ जना निर्माण व्यवसायी तथा फर्म रहेका छन् ।