धराने मोमो को इतिहाँस खोज्दै जाँदा बि.सं २०१६/ १७ साल तिर छाता चोक मा खुलेको परदेशी होटेलले धराने लाई मोमो को स्वाद पहिलो पटक चखाएको पाइन्छ।
मोमो दार्जीलिङ तिरका नेपालीदाजुभाईले धरान भित्र्याउनु भएको मानिन्छ।
त्यो समय अहिले जस्तो सानो साइज को नभइ ठुलो साइजको तिब्बती मोमो र एक प्लेटमा ४ पिस दिइन्थ्यो।
मोमो सगै टमाटर खोर्सानी को अचार र सुप पनि दिइन्थ्यो। त्यसपछि भानु चोक मा भु पु सैनिक होटेल ले पनि धराने लाइ मोमो खान सिकायो र त्यसपछी धरान मा मोमो थुप्रै रेस्टुरेन्टहरु ले पस्कन थाल्यो।
छाता चोक , चतरा लाइन , देशी लाइन , अहिले घन्टाघर भएको एरिया , पहिले छाप्रे घर हरु नगरपालिकाले बनाएको थियो र त्यो एरिया लाई छाप्री भनिन्थ्यो, त्याहा प्रसस्त पाउन थाल्यो।
अहिले जस्तो होइन , ठुलो साइज को र टमाटर को अचार सगै सुप , चिल्ली भिनेगर,सोया सस पनि सगै दिएन्थ्यो। त्यति बेला को ठुलो होटेल युग होटेल , धरान होटेल मा पनि मोमो थुप्रो बिक्रि हुन्थ्यो।
पछि काठमाडौंको ममचा धरान कहिले आयो,त्यो ठ्याक्कै मिति त थाहा भएन तर मैले थाहापाउँदा रत्न रोड मा गणेश दाइ को ममचा प्रख्यात थियो, सानो सानो डल्लो ममचा टमाटर को झोल अचार ले छोपेर दिनु हुन्थ्यो।
जुन बि.सं २०३३/३४ साल तिर पाटन बाट आउनु भएका सुर्य मान श्रेष्ठ ले खोल्नु भएको थियो।
त्यसपछि काठमाडौं कै जस्तो ठूलो ममको भाडो मा मम , गणेश टाकिज को छेउ मा केही समय खुलेको थियो, त्यसपछि छाता चोक मा कमल दाइ को ममचा पनि धेरै चल्ने मा पर्थ्यो।
२०५५/५६ साल तिर रत्न रोड मा मम किङ भनेर धेरै थरी का मम पाइने रेस्टुरेन्ट खुल्यो, यो परम्परागत भन्दा अलि आधुनिक शैलीको थियो।
र त्यसपछी धरान मा आधुनिक,परम्परागत थुपै मोमो र ममचा रेस्टुरेन्ट खुले ।
अहिले मम मात्र पाइने रेस्टुरेन्टहरु मा ठमेल मम पहिलाे मा आउँछ र गौतम पथ मा भएको प्रदिप दाइ को ममचा पनि धराने हरुले रुचाएको मा पर्छ,त्यस्तै रत्न चोकको दुर्गा दिदि को मोमो पनि धराने हरुले मन पराएको मा नै पर्छ।
त्यस्तै पुतली लाइन को काठमाडौं मम जुन ठुलो भाडा र भट्मास लप्सि को अचार पाइन्छ पनि धराने ले रुचाएको मम मा पर्छ्।त्यस्तै सब्जि मन्डि लाइन को मात्र मम पनि प्रख्यात मा नै पर्छ्।
मम सन्सार भरि नेपालि रेस्टुरेन्ट्मा सबै भन्दा धेरै अर्डर गरिने फुड आइटम मा पर्छ र लगभग सन्सार भरि नै नेपालि र इन्डियन रेस्टुरेन्ट मा पाइन्छ्।
गगनमान श्रेष्ठ
(१०० बेस्ट चिफ इन द वल्र्ड,२०२३)