अर्थ

    Showing ९१-१०० of १,०८६ items.
  • उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता वृद्धि : वित्तीय श्रोत कसरी जुटाउने ? विराटनगरमा बहस

    विराटनगर/ कुनै पनि उद्योगको दीर्घकालीन स्थायित्व ऊर्जा बचत र दक्षतासँग जोडिन्छ । यही विषयलाई जोड्दै उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक वित्तीय श्रोत कसरी जुटाउने भन्ने विषयमा विराटनगरमा बिहिबार व्यापक छलफल भएको छ। उद्योग संगठन मोरङको समन्वयमा, नेपाल बैंकर्स एशोसिएशन र जिआईजेड नेपालको आयोजनामा गरिएको छलफलमा ऊर्जा दक्षताका परियोजनामा लगानी कसरी सहज बनाउने भन्ने विषयमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले प्राविधिक तथा प्रक्रियागत जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षता “केवल खर्च बचत र वातावरणीय

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ५६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अविरल वर्षाले कोशी प्रदेशमा १२ हजार हेक्टर धानबालीमा क्षति

    सुनसरी/ कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशका किसानहरूका लागि ठूलो विपत्ति निम्त्याएको छ ।  प्रदेशका किसानको मुख्य आशा–अवलम्बन मानिने धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार कोशी प्रदेशका १४ जिल्लामा करिब ५८ हजार टन धानबाली नष्ट भएको पुष्टि गरिएको छ। निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङका अनुसार १२ हजार ६ सय ३२ हेक्टर खेतमा लगाइएको धानबाली पूर्ण वा आंशिक रूपमा नष्ट भएको छ। उनीका अनुसार यतिबेला प्रदेशभरको कृषिमाथि परेको क्षति निकै गम्भीर देखिएको छ। सबैभन्दा बढी क्षति झापामा पुगेको छ। झापा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मलद्वारभित्र लुकाएर ब्राउन सुगर ओसार्दै गर्दा युवक पक्राउ

    सुनसरी/  विशेष सूचनाको आधारमा सुनसरी प्रहरीले लागूऔषध ब्राउन सुगर ओसार्ने युवकलाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–१ लौकही बजारमा चेकजाँचका क्रममा धादिङ थाक्रे गाउँपालिका–६ का ३० वर्षीय विष्णु अधिकारी पक्राउ परेका हुन् । प्रहरीका अनुसार अधिकारी दक्षिणतर्फबाट उत्तरतर्फ पैदल आउँदै गर्दा चेकजाँच गर्दा उनले मलद्वारभित्र लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर फेला परेको हो । बरामद गरिएको उक्त पदार्थको तौल ९.९४ ग्राम (नौ ग्राम नौ सय चालिस मिलिग्राम) रहेको प्रहरीले जनाएको छ । उनीमाथि लागूऔषध ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ६७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा श्रमदानबाट बनेको भनिएको ड्रेनमा २३ लाखभन्दा बढी खर्च

    धरान/ नगर प्रमुख हर्क साम्पाङको पहलमा श्रमदानबाट बनेको भन्दै प्रचार गरिएको धरान–१० नारायणपथको ड्रेन निर्माणमा धरान उपमहानगरपालिकाबाट २३ लाख ८३ हजार ८६ रुपैयाँ ५८ पैसा खर्च भएको खुलासा भएको छ। उप–प्रमुख अइन्द्र विक्रम बेघाले आइतबार सो निर्माण स्थलको अनुगमन गर्दै नगरपालिकाले गरेको खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्। वडाध्यक्ष विवेक राईका अनुसार ड्रेन निर्माणका लागि नारायणपथका बासिन्दाले घर–घरबाट ७ हजार रुपैयाँका दरले सहयोग गरेका थिए। उनले देश–विदेशमा रहेका व्यक्तिहरूबाट पनि सहयोग रकम संकलन भएको बताए, तर ती रकमको हिसाब अझै सार्वजनिक गरिएको छैन। श्रमदानका रूप

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ८७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परदेशको मोह त्यागी आफ्नै माटोमा सफल व्यवसायी बनेका अधिकारी

    धरान/  इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गर्नुभयो । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रुपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउनुहुन्छ ।अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गर्नुभएको थियो । हजुरबुबाबाट प्रेरित भएर उहाँका बुबाले सुपा

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ५१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युत प्राधिकरणको निर्णयले मोरङका उद्योगी आक्रोशित, तत्काल बिजुली सुचारु गर्न माग

    विराटनगर/ नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प बनेपछि उद्योग संगठन मोरङले तत्काल विद्युत् आपूर्ति पुनः सुचारु गर्न माग गरेको छ। संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध भएपछि औद्योगिक उत्पादन ठप्प हुनुका साथै निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको उल्लेख गरेको छ। “डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद लामो समयदेखि समाधानविहीन छ,” विज्ञप्तिमा भनिएको छ, “तर प्रत्येकपटक सरकार परिवर्तनसँगै विवाद बल्झँदा समग्र निजी क्षेत्रप्रति नकारात्मक धारणा बनाउने वातावरण सिर्जना हुँदै आएको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ४५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाडवाड सकिएसँगै भ्रमणमा निस्किए सर्वसाधारण

    धरान/ दशैं–तिहार सकिएसँगै अनुकूल मौसम र फुर्सदिलो समयको सदुपयोग गर्दै धार्मिक आस्था र पर्यटनसँग सम्बन्धित स्थलहरूमा घुमफिर गर्ने क्रम तीव्र बनेको छ । विशेषगरी पूर्वका रमणीय स्थलहरू र धार्मिक मठ–मन्दिरहरूमा भक्तजन तथा पर्यटकको चहलपहल बढ्दो क्रममा छ । धरान–१४ स्थित बुढासुब्बा मन्दिरको दर्शनका लागि देशका विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम निरन्तर बढेको छ । परिवारसहित पूर्वका धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलहरूको भ्रमणमा निस्किएका काठमाडौंका राजेन्द्र श्रेष्ठ पनि तीमध्ये एक हुन् । धरानमा एक रात बास बसेपछि शनिबार बिहानै बुढासुब्बा मन्दिर पुगेका श्रेष्ठले प

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ६६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा १०८ शिवलिङ्ग स्थापना : धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ अध्याय

    इटहरी/कोशी प्रदेशको इटहरी–२ आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापना गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने ऐतिहासिक योजना साकार भएको छ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा यो भव्य आयोजना सुरु गरिएको हो। असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापन अवसरमा आयोजना गरिएको “१०८ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा आध्यात्मिक–धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम” कात्तिक १४ गतेदेखि २१ गतेसम्म चल्ने भएको छ। कार्यक्रमको सुरुवात कात्तिक १४ गते भव्य कलश शोभा यात्रासँग हुने छ भने कात्त

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ८२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको साधारण सभा सम्पन्न

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित धर्तिको पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको संरक्षण , प्रबद्बन तथा बिकासलालागि स्थापित वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । वराहक्षेत्र मन्दिर गुठी ब्यवस्थापन समितिले मङलवार वराहक्षेत्र मन्दिर परिसर स्थित प्रवचनालय हलमा उक्त साधरण सभा आयोजना गरेको थियो । अध्यक्ष भक्त श्रेष्ठको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा समाजसेवि दिनेश अग्रवाल , जीवन कुमार अग्रवाल ,वराहक्षेत्र आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सुजन भण्डारि, बिष्णुपादुका मन्दिर बिकाश समितिका अध्यक्ष राजकुमार निरौल

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरमा जेनजी आन्दोलनबाट तीन करोडभन्दा बढीको क्षति

    झापा/  झापाको मेचीनगर नगरपालिकामा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट करिब तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको खुलेको छ। नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष दिपक बरालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा नगर कार्यालय र विभिन्न वडा कार्यालयमा आगजनी, तोडफोड तथा मालसामान नष्ट हुँदा करिब रु. ३३,३२८,१९८ बराबरको क्षति पुगेको हो। प्रवक्ता बरालका अनुसार, नगरपालिकाको मुख्य कार्यालयमा मात्रै ६८ लाख १६ हजार रुपैयाँभन्दा बढी बराबरको क्षति पुगेको छ।त्यस्तै, वडा नं. १ देखि १० र वडा नं.

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ४९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved