अर्थ

    Showing 1-10 of 1,064 items.
  • भारतको प्याजमा निर्भर नेपाल, भन्सारको भारले धरानका व्यापारी मारमा: नेपाली उत्पादन निर्यातमा पनि अनेक झन्झट

    धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उत्पादन पर्याप्त नहुनुले धरानको कृषि उपज बजारमा यसको प्रत्यक्ष असर देखिएको छ। भारतबाट महँगोमा प्याज ल्याउनुपर्ने, आयातमा भन्सार तथा ढुवानीको भार थपिनु र बजारमा बिक्री घट्नुका कारण प्याज व्यवसायी दोहोरो मारमा परेका छन्। धरानस्थित कृषि उपज बजारका प्याज व्यापारी मनोजकुमार चौधरीका अनुसार अहिले भारतको इन्दौरबाट प्याज आयात भइरहेको छ। तर, मूल्य महँगो भएकाले विगतको तुलनामा आयातको परिमाण निकै घटेको छ। “पहिले ५–७ गाडी दिनमै आउँथ्यो, अहिले १ गाडीमात्र आउँछ,” चौधरीले भने, “महँगो भएका कारण पहिले जस्तो धेरै प्याज ल्याउन सकिएको

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 5 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीपीडितको पीडामा पश्चिम नेपाल बस व्यवसायीको साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ

    काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेको हो ।  विनाशकारी बाढीका कारण भिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रालिले सहयोग गरेको हो । विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सरकारको अभियानमा प्रालिले उक्त रकम हस्तान्तरण गरेको प्रालिका अध्यक्ष खर

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 77 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सार छलेर भारत लैजान लागिएको ५ लाखको फर्सीको बियाँ झापामा बरामद

    झापा/ भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको करिब ५ लाख रुपैयाँ मूल्यको ५७० किलो फर्सीको बियाँ झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीबाट शनिबार बिहान ठूलो परिमाणमा फर्सीको बियाँ बरामद गरिएको हो। भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएको बियाँ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक योगबहादुर थापाको कमाण्डमा परिचालित गस्ती टोलीले बिहान ३ः४५ बजे तुर्केनी क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा १९ बोरा फर्सीको बियाँ फेला पारेको थियो

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 97 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा जुटको मूल्य र औद्योगिक माग बढेपछि किसानहरू जुटखेतीप्रति आकर्षित

    सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, ‘जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।’ यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 127 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका तत्कालीन प्रशासकीय अधिकृत खतिवडासहित ९ जनाविरुद्ध मुद्दा

    धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। धरान–१४ दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा आपसी मिलेमतोमा व्यक्तिको नाममा नामसारी तथा दर्ता कायम गराई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार खतिवडासँगै तत्कालीन सिंगिया गाविसका  सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशिल बैध, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 990 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाखौ ठगीको आरोप: खापुङ भन्छन्– ‘एक रुपैयाँ लिएको प्रमाणित भए २८ करोड तिर्छु’

    धरान/तेह्रथुम घर भई हाल धरान–१५ मा बसोबास गर्दै आएका राजेन्द्र खापुङले वैदेशिक रोजगारी तथा विभिन्न प्रयोजनका लागि रकम लिएको र १७ जनाबाट कुल ५७ लाख रुपैयाँ ठगी गरेको पीडितहरूले आरोप लगाएका छन्। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले खापुङले आफूहरूबाट विभिन्न बहानामा रकम लिएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका हुन्। पीडितहरूका अनुसार १४ जनाबाट जनही १ लाखका दरले १४ लाख, सुचिम राईबाट २८ लाख, अशोक राईबाट १० लाख र आशिष् राईबाट ५ लाख रुपैयाँ गरी कुल ५७ लाख रुपैयाँ खापुङले लिएको आरोप छ। सुचिम राईले आफू गाँजा मुद्दामा पक्राउ परेपछि छुटाइदिने भन्दै खापुङले २८ लाख रुपैयाँ लिएको दा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 220 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बजेटमा किचलो : ५ करोडदेखि नगरसभा अन्योलसम्म

    धरान/ धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विवादमा परेको छ। आर्थिक विकास समितिमा विनियोजित ५ करोड रुपैयाँको ब्रेकडाउन गर्ने विषयबाट सुरु भएको विवाद अहिले नगरसभा सञ्चालनमै असर पर्ने अवस्थामा पुगेको छ। सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्याइएको ५ करोड रुपैयाँको बजेट सञ्चालन गर्ने विषयमा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरूबीच मतभेद बढेको हो। विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेका छन्। धरान–१५ का वडाध्यक्ष नरेश इवारमका अनुसार उपमहानगरपालिकाले हालसम्म सहकारीसम्बन्धी ऐन, नियम तथा कार्यविधि बनाएको छैन। यस्तो अवस्थामा

    • प्रकाशित मितिः साउन २३, २०८३
    • 326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाँझो जमिनमा केरा खेती

    मोरङ/ उत्तरी मोरङको लेटाङ–१, राजारानीमा कुनै समय बाँझै रहेको जमिन अहिले हराभरा केराघारी बनेको छ । लेटाङ–१ का किसानले व्यावसायिक रूपमा भोटाङे (स्थानीयका अनुसार) जातको केरा खेती गर्न थालेपछि राजारानी क्षेत्रमा प्राकृतिक हरियाली थपिएको छ । किसानले केरा बेचेर वार्षिक ५० हजारदेखि छ लाख रुपियाँसम्म आम्दानी लिइरहेका छन् । छ वर्षअघि ५० वटा बिरुवा रोपेर केराको व्यावसायिक खेती सुरु गर्नुभएका लेटाङ नगरपालिका–१ का वडाध्यक्षसमेत रहनुभएका विष्णुकुमार मगरका अनुसार केरा खेतीमा ठुलो खर्च छैन । हाल १२ रोपनीको केरा खेतीबाट वार्षिक छ लाख रुपियाँ आम्दानी लिइरहनुभएका मगरले थप १० रोपनीमा केरा खेत

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोशी प्रदेशको वन–पर्यटन समीक्षा शुरू, दिगो विकास र पर्यटन प्रवर्द्धनमा जोड

    धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि धरानमा शुरू भएको छ। प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय मातहतका कार्यालयहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि समीक्षा भइरहेको छ। गोष्ठीको उद्घाटन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, प्रदेश योजन

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा करिब ८ लाखका कुर्ता–सुरुवाल बरामद

    इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब रु. ७ लाख ९५ हजार बराबरका कपडा बरामद गरेको छ। प्रहरी पुगेको थाहा पाएलगत्तै तस्करहरू मोटरसाइकल र कपडाका पोका छाडेर फरार भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ६ः१५ बजे इनरुवा–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा भन्सार छलिका सामान राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्नेबित्तिकै को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरी देख्नासाथ मोटरसाइकल र सामान छाडेर फरार भए

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 191 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved