धरान/ वुधबारदेखि यमाहा कम्पनीले मोटरसाइकलका पारखीहरुलाई ध्यानमा राखेर नेपालमा यामाहाले दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ सुविधायुक्त दुई वटा मोटरसाइकल धरान ८ स्थित यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधबार सार्वजनिक गरेको हो ।सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र बिजयपुर ट्रेडर्स धरानका संचालक प्रभाव खतिवडाले यमाहाका दुई नयाँ मोटरसाइकल एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले भदौ ३ गते सार्वजनिक गरेको अटो शो २०२५ मा यामाहा
काठमाडौँ/ नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल शुक्रबारदेखि निष्क्रिय भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि नेपाल टेलिकम र एनसेलले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपलगायत २५ वटा सामाजिक सञ्जाल सेवा बन्द गरेका हुन् । नेपाल टेलिकमले सूचनामार्फत प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल हालका लागि बन्द गरिएको स्पष्ट पारेको छ । त्यसैगरी, एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्ना प्रयोगकर्तालाई सेवा दिन रोकिएको जनाएको छ । प्राधिकरणले बिहीबार मात्र दर्ता नगरेका २५वटा
काठमाण्डौ । सररकारले वन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् । उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले काेशीपत्रलाई जानकारी दिए । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका
धरान/ नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ मा धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी शमुएल कोइराला विश्वकर्मा १० उत्कृष्ट कविहरूमध्ये एक भएर सम्मानित भएका छन्। राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शमुएलसहित १० उत्कृष्ट कविलाई रु. ४० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो। धरानकै गौरव बनेका शमुएललाई विद्यालय परिवारले विशेष गर्वका साथ बधाई दिएको छ। विद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठ
काठमाडौं / नेपाल सरकारले फेसबुक, युट्युब, एक्स (ट्विटर) लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई पत्राचार गर्दै आजदेखि नै उक्त सञ्जालहरू बन्द गर्ने तयारी गरेको हो। सर्वोच्चले अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी एप्सलाई तत्काल बन्द गर्न परमादेश जारी गरेको थियो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारलाई विदेशी डिजिटल प्रसारण संस्थाले नेपालमा सेवा दिनुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने आदेश दिएको हो। सरकारले
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२ स्थित चतरा अस्पतालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। अस्पताल परिसरमै आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ममता तामाङ प्रमुख अतिथि रहिन् भने नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमले अध्यक्षता गरेका थिए। उपाध्यक्ष प्रदीप बस्नेतले गत वर्षको आर्थिक प्रतिवेदन, प्रगति विवरण, आगामी योजना तथा रणनीति प्रस्तुत गरेका थिए।
मोरङ/ पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।जेठको अन्तिम हप्ता बाट सुरु भएको यो महामारी अझै नियन्त्रणमा आउन सकेको छैन् । लम्पी स्किन रोग गाईहरूमा बडी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ भने गाई र साना बाछाको मृत्युदर वडी रहेको छ । यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् ।जेठको अन्तिम हप्ता देखि नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । असारको अन्तिम सातातिर मोरङका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।विभिन्न पालिकाले यो रोग
धरान/सुनसरीको झुम्का कारागारमा भाइरल सङ्क्रमण भएको छ । यस बीचमा दीर्घरोघ भएका तीन जना कैदीबन्दीको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएपछि उपचारका क्रममा उनीहरुको ज्यान गएको हो । तर बाहिर हल्ला भएजस्तो कारागारमा ठूलै महामारी भने नआएको सुनसरीका डीएसपी योगेश खतिवडाले जानकारी दिए । उहाँका अनुसार ज्यान गुमाउनेमा ४६ वर्षीय जलेश्वर यादव, ४८ वर्षीय रामदेव उराव र २४ वर्षीय सागर राई छन् । ३/४ दिन अघिदेखि कैदीबन्दीहरुमा भाईरल सङ्क्रमण देखिएको हो । झन्डै एक हजार सात सयको हाराहारीमा कैदीबन्दी
धरान । धरान उपमहानगरपालिकाको वुधबार वसेको कार्यपालिका आकस्मिक वैठक लगभग पाँच मिनेट वसेर सकिएको छ । वजेटको विषयमा भने केही पनि भएन । मेयर हर्कराज राईले बेलुकी ४ वजे सामाजिक सन्जालमा कार्यपालिका वैठकको लागि वडाध्यक्ष सहित कार्यपालिका सदस्यलाई आव्हान गरेका थिए । सोही मुताविक वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरु वैठकमा उपस्थित भए तर एउटा मात्रै प्रस्ताव मेयर राईले राखेका थिए । कर्मचारीहरूको तहवृद्धि सम्बन्धीको प्रस्ताव राखे र सवैले ताली वजाएर बैठक लगभग पाँच मिनेट पनि नलागि सकिएको जानकारी मेयर राईले गराए । बैठकमा मुख्यतया कर्मचारीहरूको तहवृद्धि (ग्रेड बढुवा) को एजेन्डामा छलफल गरी पारित गरिएको
सुनसरी/मलद्वारभित्र ब्राउनसुगर लुकाएर ओसारपसार गर्ने क्रममा दुई युवक सुनसरीमा पक्राउ परेका छन्। जिल्ला सुनसरीमा प्रहरीले छुट्टाछुट्टै अपरेशनमार्फत दुई युवकलाई पक्राउ गरेको छ। इनरुवा–४ बसचोकमा नियन्त्रण बुधबार दिउसो ०३ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले ईनरुवा–८ बस्ने ३० वर्षीय दशरथ खवासलाई पक्राउ गरेको हो। लौकहीबाट झुम्कातर्फ पैदल जाँदै गरेका उनको साथबाट प्रहरीले ३.४६ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। लौकहीमा मलद्वारभित्र लुकाएको अवस्थामा बरामद साेहिदिन कोशी गाउँपालिका–१ लौकहीचोकमा शंकास्पद ढंगल