वीरगञ्ज कोरोना संक्रमितहरु अस्पताल आसोलेशन कक्ष बाट भागेको घटना सार्वजनिक भए सगै प्रशासन थप सचेत बन्दै गएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा गठित संकट व्यवस्थापन समितिले अब उप्रान्त पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने निर्णय गरेको हो । संक्रमित व्यत्ती भाग्न नदिन र भाग्दा हुन सक्ने सम्भावित ठुलो क्षति कम गर्न सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने निर्णय गरेको हो । ना
काठमाडौं नेपालमा थप नौ जनामा कोरोना .भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मकवानपुरमा ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, बाँकेको नैनापुर १, ३ र ५ मा ८ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिजन जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो ।
धरान/नेपालमा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोक का ७ वर्षीय पुरुष , धनुषाका १७ वर्षीय महिला र धादिङ्का ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो । साथै उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं– नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ । चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै उनको स्वस्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
धरान । लकडाउनमा धरानका अति विपन्न परिवारलाई वितरण गरिदै आएको राहतको रकम भुक्तानी गर्न धरान उपमहानगरपालिकालाई रकम अपुग भए पछि थप सहयोग गर्न अपिल गरिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको राहत वितरणको तयारी गरिरहँदा रकम अपुग भएकाले सहयोगका लागि धरानवासीलाई आग्रह गरेको छ । धरान उपमहानगरपालिकाले दुई चरणमा राहत वितरण गरिसकेको छ भने तेस्रो चरणको राहत वितरणको तयारीमा रहेको छ । दोस्रो चरणमा वितरण गरिएको राहत सामग्री खरिदको रकम भुक्तानी गर्न अझै सकेको छैन् भने तेस्रो चरणको राहतका लागि पनि रकम अपुग रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको अनुसार दोस्रो चरण सम्मको राहतको भुक्तानीक
काठमाडौं । मुलुकमा बिहीबार बिहान फेरि ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महोत्तरीमा गरी ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि २ संक्रमित भेटिएका थिए । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो । योसँगै बिहीबार मात्र ७ संक्रमित थपिएका छन् । मुलुकमा संक्रमितको संख्या २ सय ५० पुगेको छ
धरान/ नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार दिउसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको थियो । यो सहित बुधबार (आज) मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज/ मंगलबार वीरगञ्जमा दुई पत्रकारका कोरोना संत्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको छ । आजमात्रै ११० जना पत्रकारहरुको नमूना संकलन गरीएको छ । नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन प्रकृया थालिएको हो । उनका अनुसार थप १५ जना पत्रकारको नमूना संकलन गर्ने काम बाँकी रहेको र संकलन गरिएको स्वाबको परीक्षण नारायणी अस्पतालको प्रयोगशालामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार बैठक साँझ ४ बजेलाई बोलाईएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार देशको पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बालाइएको हो ।
काठमाडौं-नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । कपिलवस्तु -५ का २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा कोरोना संक्रमण देखिएको हो । साथै उनहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।