संविधान पुनर्लेखन गरिनु पर्छ: केपि पालुङवा

  • असोज ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संविधानले सबै जाति, समुदायहरुको प्रतिनिधित्व गर्न नसकेकाले राष्ट्रिय सम्मेलनबाट पुनर्लेखन गरिनु पर्ने राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङवाले बताए ।

शनिबार संविधान दिवसका दिन पत्रकारहरु सङको साक्षात्कार कार्यक्रममा सबैजातिहरु, समुदायहरु क्षेत्र लिङ्गहरुको सर्वपक्षिय सर्वदलिय राष्ट्रिय सम्मेलनबाट संविधानको पुर्नलेखन गर्नुपर्ने बताए । उनले भने, ञएकचोटि पुर्नलेखन गरिसकेपछि घरी घरी संसोधन गर्न नपरोस र अखण्डताको यत्रतत्र छरिएर एकचोटि पुर्नलेखन गरेर सबैको अपनत्व हुने गरि लेखिनु पर्छ ।

राजनितिक प्रक्रिया बाट संविधानले समेट्न नसकेका बुदाहरु थप गर्दै बिबादास्पद बुदाहरु खारेज गरेर जानू पर्ने उनको भनाइ छ । उनले भने, ञअहिलेको प्रदेशमा गाउपालिका नगरपालिका संघियता हो, हामिले संघियता पुर्णपालना गर्नुपर्छ, नगरपालिकाको मेयर अथवा कार्यकारी नगरपालिका अनि जिल्ला समन्वय समिति छ, जनप्रतिनिधिहरु आएका छन्, तर स्थानिय तह सिडिओले चलाइ रहेको छ, जुन संघीय सरकारको मातहतमा रहेको छ ।झ
उनले जातिय एैतिहासिक भुमिको आधारमा १२ प्लस १ प्रदेश हुनुपर्ने मा जोड दिए ।

पार्टिको सुनसरी जिल्ला समितिले आयोजना गरेको साक्षात्कारमा संघीयता, नागरिक्ता, आदिबासी जनजाती, दलितहरुको अधिकार पुर्ण हुने र समाबेशी संविधान बन्नु पर्ने उनले बताए । उनले संविधान खारेज भन्दा पनि पुनर्लेखनको पक्षमा पार्टी रहेको बताए ।
पार्टिको नगर समितिको आयोजनामा आफना पार्ट्री कार्यकर्ता लाई प्रशिक्षण कार्यक्रम पनि गरेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved