प्रदेश १ मा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, १ सय १९ संक्रमित थपिए

  • असोज ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, ५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

आज १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरंगको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५ महिला ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved