समाज

    Showing 6,611-6,620 of 6,734 items.
  • सर्लाहीका १५ सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

    नेपालमा थप ३० जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको जननएको छ । संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, निवासी १८, ३३ र ३५ वर्षीय पुरुषहरु छन् । त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,139 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाबालिकालाई बलत्कार गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ

    धरान । ८ वर्षीय बालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ परेका छन् । पक्राउ परेका उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष हुन् । इलाका प्रहरी कार्यालय धरानले साँझ ६ बजे धरान १३ स्थित सारंगा जाँदै गर्दा बाटोबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा श्री सुब्बालाई पक्राउ गरीएको बताए । उनका अनुसार एक नावालिकालाई विगत १० दिनदेखि बलात्कार गरेको उजुरी जेठ ५ गते प्रहरीमा आएको थियो । त्यपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । इ.प्र.का प्रमुख न्यौपाने का अनुसार अदालतबाट पक

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउने वराहक्षेत्रको निर्णय, कृष्णदासको १२८ कोठे भवन पनि सिफारिस

    वराहक्षेत्र नगरपालिकाको आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरले चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई  सिफारिस गरेको छ । कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विष्णुपादुकामा १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक बेसार खेती, ५० टन बेसार उत्पादन गर्ने लक्ष्य

    धरान/  धरान २० विष्णुपादुका माछामाराको प्रगती बेसार उत्पादन कृषक समुहको १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन । यसबाट ५० टन बेसार उत्पादन गर्ने लक्ष्य लिएको समुहको अध्यक्ष प्रेमकुमार राईले बताएका छन ।  किसानहरूलाई संगठित गर्ने उद्देश्यका साथ सामुहिक खेती गरिएको अध्यक्ष राईले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको अवस्थामा यस सामुहिक खेती युवालाई समेटेर स्वरोजगार बनाउने तथा अन्य रोजगार सृजना गर्ने लक्ष्यका साथ यस खेती सुरू गरिएको छ । उनले भने, यस खेतीले किसानहरूलाई संगठित बनाउने उद्देश्य समेत राखेको छ ।ु धरानमा बेसारको पकेट क्षेत्र रहेको विष्णुपादुकामा अघिल्लो वर्षहर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,225 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरपालिकाभित्रका बैंक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खाल्ने निर्णय

    विराटनगर । विराटनगर महानगरपालिकाभित्रका बैंक तथा वित्तीय हरेक दिन संचालनमा ल्याइने भएको छ । हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार लकडाउनका कारण पर्न जाने आर्थिक समस्यालाई मध्यनजर गर्दै विकल्पसहित आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन गर्न खोजिएको हो । उनले भने,‘‘बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसंग आज छलफल गरी दैनिक चार घण्टा खोल्ने निर्णय गरेका छौं ।’’ अहिले विराटनगरमा बिहान ११ बजेदेखि २ बजेसम्म जम्मा ३ घण्टामात्र बैंकले सेवा प्रवाह गर्दै आएका

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण

     झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,302 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४५३

    नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टिद भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले झापा ८जनामा र रुपन्देहीका १ जना गरी जम्मा९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । झापामा १७ वर्षीय, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रुपन्देहीका २७ वर्षीय पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा ४ सय ३५ जना रेड जोनमा छन् । जो संक्रमणको उच्च जोखिममा छन् ।

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 810 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढिलै भएपनि कोरोना संक्रमितलाई मात्र बोक्ने धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था

    धरान कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल सम्म पु¥याउन धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । यसअघि हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको महिलालाई एम्बुलेन्स अभावका करण १८ घण्टा सम्म अस्पताल लान नसकेकोमा आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ , उपमहानगरपालिकाका मेयर रउपमेयरसहितको संयुक्त बैठकले २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको हो । पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा राखिने उपमेयर मञ्जु

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,423 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट प्रदेश १ भित्रनेलाई राख्न तयार छन् होल्डिङ एरिया, क्षमता १४ सय ९५ जना

    विराटनगर । भारत सीमाबाट ह्वारह्वार्ती मानिसहरु भित्रन थालेपछि उनीहरुलाई सीमावर्ती क्षेत्रममै व्यवस्थापन गरिएका होल्डिङ एरियामा राख्न शुरु गरिएको छ । प्रदेश १ मा भारतको बिहार र पश्चिमबंगाल राज्यको विभिन्न नाका हुँदै मानिसहरु नेपालतर्फ भित्रन थालेका छन् । क्वारेन्टाइनकै स्वरुपमा सार्वजनिक विद्यालय, कलेज तथा सामुदायिक र धार्मिक भवनहरुमा निर्माण गरिएका यस्ता एरियामा मानिसहरुको संख्या थपिन थालेको छ । प्रदेश १ सरकारले भारतबाट आउने मानिसलाई सोझै गाउँवस्तीमा पुग्न र समुदायसँग घुलमिल हुन रोकेर कोरोना संक्रमणको जोखिम घटाउने रणनीतिअनुसार काम थालिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानक

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,106 पटक पढिएको
    • "कुमार लुइँटेल "
  • धरान ,धनकुटा सहित प्रदेश १ का थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    धरान /आज प्रदेश १ का थप ७ जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश १मा संक्रमित संख्या ६६ पुगेको छ । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापका ५ जना , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved