बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बराहक्षेत्र ५ का विभिन्न स्थानहरूमा सेनिटाइज गरेको छ । स्थानीय सरकार मौन बसिरहेको आरोप लगाउदै नेबि संघले शुक्रबार साबिक भरौलको मुख्य स्थान कालाबंजरमा सेनिटाइज गरेको नेपाली कांग्रेस बराहक्षेत्रका नगर प्रबक्ता जगतबहादुर कार्कीले बताए ।
बराहक्षेत्रमा रहेका नेबि संघ आबद्ध सक्रिय युवाहरूको अगुवाइमा कालाबंजरका सार्वजनिक स्थानहरु विधालय, वडा कार्यलय, स्वास्थ्य केन्द्र, बैंक तथा कालांबजर चोकमा सेनिटाइज गरिएको नेबिसंघ जनता क्याम्पसका इकाइ सभापति सहदेब काफ्लेले जानकारी दिए । बराहक्षेत्र ५ निवासी काफ्लेले भने, कोरोनाकहरमा स्थानीय सरकारले जनताको घाउमा मल्हम लगाउन नसकेकै हो, जनतालाई परेको अप्ठ्यारो र समस्यामा नेबिसंघ सदैव साथमा हुनेछ ।
त्यस्तै, अर्का नेबिसंघ नेता रोहित काफ्लेले जारी कठिन परिस्थितिमा सबै तह र तप्काबाट जनतालाई साथ दिन जरुरी रहेको बताए । उनले भने, ञस्थानीय सरकारले गरेको काम कार्बाही अहिलेको तत्कालीन अवस्थामा पर्याप्त नभएकाले हामीले आफ्नो स्थानबाट सेनिटाइज कार्यक्रम गरेका हौ ।
कोरोनाकहरमा हाटबजार, ब्यापार(व्यबसाय, सार्वजनिक गाडी खुल्ला रहेको छ । यो कठिन अवस्थामा दिनानुदिन संक्रमण वृद्धि भइरहेको भएपनी स्थानीय सरकारले न त कहि कतै सेनिटाइज गरेको छ न त भिडभाड कम गर्न नै ।
नगरपालिकाको दमकल प्रयोगबिहिन छ । स्थानीय सरकारको काम कार्बाहिमा साथ तथा रचनात्मक बिरोध गर्दै आएको कांग्रेस र नेबिसंघले यसपछी पनि विभिन्न कार्यक्रमका साथ जनतामाझ जाने विश्वस्त बनाएको छ ।
नजिकिदै गरेको चाडपर्वमा भिडभाड हुने स्थानमा सेनिटाइज गर्दा संक्रमणको जोखिम कम हुने बिश्वास छ । प्रतिपक्षीको भुमिकामा रहेकाले स्थानीय सरकारले गरेको सर्वहितजन्य कार्यमा साथ र जनताको हितमा नभएका कामको विरुद्धमा आवाज उठाउने पनि नेबिसंघको चेतावनी छ ।