कोरोना उपचारमा गुनासो बढ्दै गएपछी बिपि प्रतिष्ठानका पदाधिकारी सग धरानका प्रदेश र संघीय सांसदद्वारा स्पष्टीकरण माग

  • कार्तिक ७, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोरोना उपचारमा लापरवाही हुनुका साथै कोभिड अस्पतालमा ब्यबस्थापन कमजोड रहेको गुनासो बढदै गए पछि धरानका प्रदेश सभा र संघीय सभामा निर्बाचित जनप्रतिनिधिहरुले बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हरु सङ स्पष्टीकरण मागेका छन् ।

सुनसरी क्षेत्र १ का संघीय सांसद जयकुमार राई सहिर प्रदेश १ का सभामुख समेत रहेका क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद प्रदिप कुमार भण्डारी, ख बाट निर्वाचित भिम आचार्य सहित समानुपातिक सदस्य उमिता बराइली र सावित्री श्रेष्ठको टोलिले कोरोना उपचारमा भैरहेको समस्याको बारेमा चासो राख्दै स्पष्टीकरण मागेका थिए।

टोलिले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरि , रेक्टर प्रा।डा। गुरु प्रसाद खनाल, रजिस्ट्रार प्रा।डा। मोहन चन्द्र रेग्मी सङ भेट गरि अवस्थाको बिषयमा जानकारी लिएका थिए ।

उपकुलपतिको कार्यलयमा ३ घण्टा लामो छलफलमा कोभिड महामारीको बीचमा अस्पताल व्यवस्थापनमा भएका कमीकमजोरी तथा जनगुनासोबारे छलफल गरिएको नेकपाका प्रदेश १ इन्चार्ज समेत रहेका प्रदेश सभा सदस्य भिम आचार्यले बताए । उनले भने,ञकोभिड अस्पताल १ सय बेडको भएपनि अक्सिजन पाइपको अभावले ५५ बेड मात्र काम गरिरहेको जानकारी आएको छ, डेडिकेटेट हस्पिटल सय बेडको रहेछ, तर अक्सिजन पाइप नहुँदा ५५ बेडमात्र काम गरिरहेकोले मान्छेले बेड नपाइरहेको अवस्था छ।झ ५ दिनभित्र थप ३० बेडमा पाइप पुर्याउने र १५ दिनभित्र सम्पुर्णमा पाइप जडान गरिसक्ने भनेर छलफलको निष्कर्ष निस्केको उनले बताए ।

भेन्टिलेटर र आइसियुको अभावलाई समाधान गर्नको लागि केही आइसियु थप गर्न १५ दिनभित्र प्रक्रिया अघि बढाउने पनि प्रतिष्ठानका उपकुलपति गिरिले बताएको आचार्यले बताए । उनले भने,ञकिनेको भेन्टिलेटर १५ दिनभित्र ल्याएर जडान गरिसक्ने र द्रुतगतिले प्रक्रिया अघि बढाउने पनि समझदारी भएको छ, ‘महामारी पिकमा जाने खतरा छ, विश्व स्वास्थ्य संगठनले पनि मंसिर महिनामा पिकमा जान्छ भनेकोले अझ समस्या खडा हुनसक्छ, त्यसैले कोभिड बेड संख्या २ सय पुर्याउन, आइसोलेसनको संख्या २ सय पुर्याउने प्रक्रियको प्रस्ताव तयार गरेर अघि बढाउने र प्रदेश, संघीय सरकारमा पहल गर्न हामीले सहयोग गर्ने समझदारी भएको छ ।’
स्वास्थ्यकर्मीहरु नै संक्रमित भएकोले जनशक्तिको पनि अभाव भएकोले १५ दिनभित्र प्रक्रिया अघि बढाउने छलफलको निष्कर्ष छ । नर्सहरु पनि अतिआवश्यक भएकोले तुरुन्त माग गरेर प्रक्रिया अघि बढाउने निष्कर्ष आएको उनले बताए । प्रतिष्ठानमा रहेका बेडले नपुग्ने अवस्था आउने भएकाले कुनै सरकारी कार्यलय भए वा कतै व्यवस्था गर्न सक्ने अवस्था रहे ब्यबस्थापन गर्न पनि आग्रह गरिएको उनले बताए ।

कोभिड अस्पतालको भेन्टिलेटर बिग्रिएको सन्दर्भमा उनले भने, ञमेशिनरि सामान भएकोले बिजुलीको कारणले पनि बिग्रन सक्ने र प्रतिष्ठान भित्रैबाट कसैले व्यवस्थापनलाई असफल बनाउन पानी हालेको पनि हुनसक्ने आशंका गरिएको जानकारी दिएका छन ।

छलफलमा सहभागी प्रतिष्ठानका रजिष्ट्रार प्रा।डा।मोहनचन्द्र रेग्मिले कोभिड अस्पतालमा अझै आइसियु क्षमता विस्तार गर्ने, भविष्यमा बढ्ने विरामीको लागि प्रदेश र केन्द्रमा समन्वय गरेर सय बेडको निर्माणको खाका बनाएर पहल गर्ने बिषयमा छलफल भएको बताए । कोभिड अस्पताल सय बेडको क्षमतामा सञ्चालन नभएकोबारेमा उनले स्पोशियालिटी अनुसार बेड छुट्याइएको हुनाले जनरल बेड संख्या मात्र गन्दा सय बेड नपुगेको दाबी गरे ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved