दिनेश गजमेर धरान । जताजतै कारोनाको जोखिम बढ्दै गएको छ, सरकारले सुरक्षित तरिकाले घर भित्रै बस्न उर्दी पनि जारी गरेको छ, तर सुनसरीको हरिनगरका मुसहरहरु लकडाउनको समयमा पनि घरबार विहिन बनेका छन् । सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर भत्काइदिए पछि उनीहरु अहिले समस्यामा परेका छन् । सुनसरीको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिकालाई सदरमुकाम इनरुवा जोडन् सहायक हुलाकी राजमार्गको काम अघि बढेको छ । राजमार्गमा पर्ने हरिनगर गाउँपालिका वडा नम्बर ३ स्थित गौतमपुरका मुसहरीका मुसहरहरु विकाश निर्माणको कामले भने घरबार विहिन हुन पुगेका छन् । सडकको मापदण्ड अनुसार सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको बताए । एनका उनुसार विराटनगरमा भएको परीक्षणमा झापा बाह्रदशी ३ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, विरगञ्ज पर्साका २५ वर्षीय, पर्साका ३४ वर्षीय पुरुष र पर्साकै नागबाका ६० व
धरान । इटहरीको वडा नम्बर २ मा कोरोना संक्रमित व्यक्ति भेटिए पछि सिल गरिएको वडा नम्बर २ र ३ दिन भोलि सोमबार देखि खुल्ने भएका छन् । इटहरी उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ १२ गते देखि पहिलेको जस्तै विहान ७ वजे देखि १० वजे सम्म अत्यावशक समाग्रीका पसल प्रयाप्त सामाजिक दुरी कायम गरेर खुला गरिने निर्णय गरेको छ । लकडाउनलाई प्रभावकारी वनाउदै जनजीवनलाई कसरी सहज वनाउन सकिन्छ भनेर इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा ६ गते भन्दा अगाडीकै जस्तो विहान ७ देखि १० वजेसम्म अत्यावशकीय समाग्रीका पसलमा सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर किनवेच गर्ने निर्णय गरेको हो । उपमहानगरका मेयर द्धारिकलाल चौध
धरान । मुस्लिम धर्मावलम्बी हरु को इद पर्व को अवशरमा धरानका मुस्लिम समुदायहरुले इदको धरान तबरुक राहत वितरण गरेका छन् । धरान मुस्लिम समाजले चौथो राहत कार्यक्रम अनुशार धरान बाहिर सुनसरी का विभिन्न क्षेत्र साथै मोरङ्का विभिन्न स्थानका मुस्लिम परिवारलाइ तबरुक राहत बितरण गरेको हो । ईदको शुभकामना संगै इदमा मजाले मनाउनका लागि चौथो चरणको राहत बितरण गरिएको धरान मुस्लिम समाजका अध्यक्ष फिरोज अलि ले बताए । उनका अनुसार १ सय २९ परिवारलाइ बिर्यानी चामल, सेबई , चिनी बितरण गरिएको हो ।
काठमाण्डौं नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुगेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवत्ता डा बिकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । नेपालमा थप ३ जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। सुर्खेतका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। प्रवक्ता देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए ।
काठमाडौं । नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र बारका ६ जनामा कोरोना देखिएको हो । शुक्रबार साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणका क्रममा बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका परुषमा कोरोना
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका-२ का पुरुष गुजरातबाट आएको पाइएको छ । रतुवामाई नगरपालिका – २ का ४१ वर्षीय पुरुष अन्य तीनजना साथीसँगै भारतको गुजरातबाट गाउँ फर्किएका हुन । रतुवामाई नगरपालिका – २ का वडाध्यक्ष किरणलालसिंह गनगाईका अनुसार संक्रमित जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । युवक ७ जेठमा गाउँ आइपुगेका थिए । उनीसँगै आएका अन्य तीनजनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए । अध्यक्ष गनगाईका अनुसार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गुजरातबाट आएका व्यक्तिको पीसीआर जाँच गरिएको थियो । जेठ ५ गते रतुवामाई १ मा भारतको मुम्बईबाट आएका व्यक्तिलाई
मोरङको पथरी शनिश्चरे नगरपालिकामा बिहिबार सम्पन्न कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले नगरको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङ स्थल बनाउने निर्णय गरेको हो । नगर र आसपास क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने र भारतलगायतका देशबाट नेपालीहरू फर्केर आउने सक्ने अवस्थालाई मध्यनजर गर्दै होल्डिङ स्थल बनाउने निर्णय गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो । नगर कार्यपालिकाको बुधबार सम्पन्न बैठकले नेपाल बाहिरबाट आएकाहरूका लागि आफ्नो क्षेत्रभित्र क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल
कार्यरत स्वास्थ्यकर्मीमा नै कारोना संक्रमित भेटिएपछि गत सोमबारदेखि ‘सिल’ गरिएको धनकुटा जिल्ला अस्पतालको सेवा पर्सि आइतबारदेखि सूरु हुने भएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको छ । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेको छ । धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान
प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या बढेसंगै सरकारले परीक्षणको दायरा झन् फराकिलो बनाउने तयारी थालेको छ । परीक्षणको दर ४० हजारभन्दा बढी पु¥याउने सरकारको तयारी छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोरोना संक्रमित पहिचान गर्न परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । भने,‘‘दैनिक एक हजार जनाका दरले स्वाब संकलन गरेर ल्याबमा नमूना ल्याई गरिने पीसीआर परीक्ष