चौतर्फी विरोध हुन थाले पछि वीपीको कोभिड अस्पतालमा सेवा बिस्तार गर्ने तयारी

  • कार्तिक १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभिड अस्पतालमा भेन्टिलेटर, अक्सिजन समेत नहुँदा कोरोना संक्रमितको उपचार हुन नसकेको भन्दै चौतर्फी विरोध हुन थाले पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको उपचार सेवा बिस्तार गर्ने जनाएको छ ।

कोभिड अस्पतालमा उपचार नपाउँदा अन्यत्रै रिफर गर्नु पर्ने अवश्था आउन थाले पछि धरानका नागरिक समाज, राजनितिक दल सहित सामाजिक संघसंस्थाहरु सहित वीपी सुधार दबाब समुहनै गत विहिबार गठन गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत प्रतिष्ठानका सेवा सुविधा माथि प्रश्न उठ्न थाले पछि प्रतिष्ठानले सेवा बिस्तार गर्ने तयारी गरेको छ ।

प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले एक प्रेस विज्ञप्ती जारी गर्दै आवश्यक उपचार सामग्रीहरु जडान कार्य शुरु भएको जनाएको छ । कोरोना संक्रमित बिरामीहरुको चाप बढ्दै गएकाले कोभिड अस्पतालमा हाइ डिपेन्डेन्सी युनिट २५ वटा बिस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।

त्यसै गरि थप १० वटा भेन्टिलेटर र १० वटा नन इन्भेसिभ भेन्टिलेटर (एनआइभि), ८ वटा हाइ फ्लो न्याजल क्यानुला (एचएफएनसी) थपिने जानकारी गराएको छ । त्यसै गरी हरेक बेडमा अक्सिजन र्पोट जडान कार्य पनि भइरहेको र दुई दिन भित्र जडान कार्य सम्पन्न गर्ने जनाएको छ । थप अक्सिजन पोर्ट सहित ४० बेडको क्षमता विस्तार गरीने भएको छ ।

वीपी प्रतिष्ठानको कोभिड ल्याबमा हाल सम्म ६३ हजार बढीको स्वाब परिक्षण गरिसकेको जनाएको छ । प्रदेश १ र बाहिरको गरी करिब १ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार गरिसकेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । निशुल्क रुपमा कोरोना परिक्षण गरिदै आए पनि पछिल्लो समय नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क लिइन थालेको बताएको छ ।

 

PR Page 2 (1) PR Page 1

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved