काठमाडौं । जाजरकोटमा भएको दर्दनाक घटनाको छानविन गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानविन गर्न समिति गठन गरिएको बताउनु भएको छ । गृहमन्त्री थापाले राष्ट्रियसभाको मंगलबारको बैठकमा त्यसबारे जानकारी गराउनु भएको हो । सहसचिव संयोजक रहेको समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिवलाई राखिएको छ । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह युवती भगाउन रुकुम पश्च
काठमाडौं । नेपाली कांग्रसको भ्रातृ संगठन नेपाल दलित संघले रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको हत्या घटनामा संलग्नमाथि हदै सम्मको कारबाही माग गरेको छ । दलित संघले हत्या घटनाका पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको ब्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । चौरजहारी नगरपालिका वडा नं। ८ मा अन्तरजातिय विवाह गर्न खोज्दा गाउँलेहरुले सांघातिक आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिका वडा नं।४, रानागाउँका नवराज विकको मृत्यु भएको थियो । विकसँगै उनकी प्रेमिका ल्याउन गएका केही युवासमेत वेपत्ता रहेका बताइएको छ । दलित संघका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रेस वि
सुनसरी । धनकुटाको हिलेमा कार्यरत नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले छानबिनको माग गरेका छन् । रामधुनी ३ का हवल्दार मेजर पर्शुराम भट्राईको उपचारका क्रममा बिराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । २ नम्बर बाहिनी अड्डा हिलेमा कार्यरत रहेका भट्टराइको टाउकोमा गहिरो चोट लागेको थियो । परिवारलाई खबर नै नगरि सेनाले आफै एम्बुलेन्सबाट उनलाई विराटनगर पुर्याएको थियो । परिवारले घटना भएको ४८ घण्टा पछि मात्रै जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना शंकास्पद रहेकाले सत्यतथ्य जानकारी नदिए सम्म शव नबुझ्ने परिवारले बताएको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङगले ईलका प्रहरी कार्यालय रंगेलीका निरीक्षक लेखनाथ दाहाललाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ । ईलका प्रहरी कार्यालय मोरङ रंगेलीमा कार्यरत प्रहरी निरीक्षक लेखनाथ दहाललाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । लागु औषध उसारपसारमा संलग्न र फरार प्रतिवादीहरुलाई पक्राउ परी कानुनी दायारमा ल्याउन महत्तवपूर्ण भुमिका खेलेको, साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम गर्न विभिन्न वडाहरु सग समन्वय गरी क्वारेन्टाईन निमार्ण , राहात वितरण , तथा कोरोान भाइरस सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेको र सरकारले लागु गरेको लकडाउनल
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको हो । उत्त सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नु अघि ५ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ । यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने
विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत्तर प्रगतिको लागि भन्दै शुभकामना व्यक्त गरेका हुन । यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण यी चाडपर्व खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव भएन, मुख्यमन्त्री राईले कोरोना भाइरसको भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेका छन् । विभिन्न धर्म, संस्कृति, भेषभूषा,
विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन दुईवटा हलमा संचालन हुने तय भएको छ । यही जेठ १४ गते सरकारले अधिवेशन बोलाएको छ । हाल प्रदेशसभा रहेको तत्कालीन जिल्ला विकास समितिको सभाहललाई नै प्रदेशसभा हल बनाइएको छ । यसअघि नै सांघुरो रुपमा संचालन हुँदै आएको थियो । तर, कोरोना कहरका कारण बैठक कक्षमा दूरी कायम गर्नुपर्ने बाध्यताले झन् साँघुरो भएको हो । प्रदेशसभा सचिवालयले गरेअनुरुपको अहिलेको व्यवस्थापनअनुसार एक तिहाइ सांसदले हालको बैठक कक्षमा बस्न पाउने छैनन् । उनीहरुको लागि माथिल्लो तलामा अर्को हल व्यवस्थापन भएको छ । त्यहाँ बैठक चल्ने तलको दृश्य हेर्ने प्रबन्ध गरिने छ । सभामुखको अगाडि माथिल्लो हलमा रहने सांस
धरान । वर्षेनी वर्षाको समयमा धरानको सर्दु खोलाले पार्ने क्षति न्युनीकरणका लागि धरान उपमहानगरपालिकाले अघि सारे सर्दु करिडोरको योजना अघि बढेको छ । सेउती करिडोरको विषयमा बाइपास कोशी राजमार्गको पनि चर्चा चलिरहेकाले अहिले सर्दु करिडोरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरे पछि काम अघि बढेको छ । नेकपाका स्थानीय नेता तथा प्रदेश र संघीय संसदहरुको पहलमा सर्दु करिडोरको योजना पास भएको छ । सर्दु करिडोरको डिपिआर तयार भईसकेकाले निर्माणका लागि बहुवर्षिय योजनामा प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले दुई वर्ष भित्रमा सम्पन्न हुने गरि करिडोर निर्माणका लागि जेठ ९ गते नै टेण्डर आव्हान गरिस
लकडाउनको समयमा समेत मोरगंको सुन्दरहरैँचा नगरपालिकाले मानव स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सहित भौतिक विकासको काम समेत गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले लगाएको लकडाउनका कारण लामो समय देखि बन्द रहेको विकाश निर्माणका कार्यहरु स्थानीय निकायले अघि बढाएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पनि सामाजिक दुरी कायम गर्दै निर्माण कार्य अघि बढाएको छ । स्वास्थ्यका कार्यक्रमका साथै विकास निर्माणका काम समेत स्थानीय सरकारले गर्नु पर्ने तर्फ मध्यनगर गर्दै स्थानीयवासीहरुलाई नै काम दिएर २२ सय मिटर लामो सडक कालो पत्रे गरिदै आएको छ । सामाजिक दुरी कायम गर्दै स्थानीयले
विराटनगर । भारतले लकडाउन खुकुलो गरेको छ । रेल र यातायातका साधान खुला भएका छन् । यातायातका साधन संचालनमा आएसंगै भारतसंग सीमा जोडिएका प्रदेश १ का नाकाबाट नेपाली भित्रने क्रम पनि बढेको छ ।प्रदेश १ का नाकाहरुबाट कतिपय मानिस नेपाल प्रवेश गरिसकेका छन् । पारि भारतमा पनि प्रतीक्षारत छन् । कतिपयलाई भने सरकारकै पहलमा होल्डिङ एरिया तथा क्वारेन्टाइनसम्म लगि सकिएको छ । प्रदेश सरकारले करिब १० हजार मानिसहरु पश्चिमबंगाल र बिहारसंग जोडिएका नेपाली सिमाक्षेत्रबाट नेपाल प्रवेश गर्ने अनुमान गरेको छ । तर, केही दिनयता विभिन्न सीमानाकामा थुप्रिएका दुई हजार मानिसहरुमध्ये केही नेपाल आईसकेका छन् । अरु भने नेपाल–भ