साल्बोटे डाँडाको पहिरो रोकथामका लागि डिपिआर बन्दै

  • कार्तिक २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बर्खा लागेपछि घर सामुन्ने सर्दु खोला परीको साल्बोटे डाँडामा निरन्तर पहिरो जान्छ । खोला थुनिएर बस्ती नै बगाउला कि भन्ने पिरले स्थानीयहरु खोलामा थुप्रिएको ढुंगा माटो पन्छाउन कस्सिनुपर्छ । विगत डेढ दशकदेखि देवी मार्गका वासिन्दाको यही नियती छ ।

वर्षा लागे पछि धरान १३ का सर्दु खोला तर्फ बसेका स्थानीयहरु त्रसित हुने गर्छन् । सर्दु खोला पारि पट्टीको भिरमा पहिरो गएर सर्दु खोला थुन्छ की भन्ने डरमा रहन्छन् । धरानको वडा नम्बर २० मा रहेको साल्बोटे डाँडामा पहिरो गएर सर्दु खोलि थुनियो भने धरानको वडा नम्बर १३ पट्टीको बस्तीलाई जुनसुकै बेला क्षती पुर्याउने खतरा रहेको छ । केही वर्ष अघि साल्बोटे डाँडाको सिरान हुँदै तामाखाम जाने सडकका लागि डोजर लगाएर बाटो खन्न थाले पछि पहिरोको जोखिम झन बढ्दै गएको हो ।
साल्बोटे डाँडामा वर्षाको समय वर्षेनी पहिरो जाने गरेको छ ।

पहिरोले सर्दु खोलाको आधा भाग थुन्ने पनि गरेको छ । तर धरान १३ को मानव बस्ती तर्फ स्परहरु राखेर बाढी नियन्त्रण गरेका छन् । तर पनि सर्दु खोला थनिने डर सदैव रहिरहन्छ । पहिरो गइरहने क्षेत्रदेखि केही तल वडा नं १३ तर्फ देवी मार्ग बस्ती छ भने पहिरोको अगाडिपट्टी वडा १३ तर्फ भारतीय पेन्सन पेइङ कार्यालय, संघीय प्रहरी इकाई कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय लगायत छन् । अहिलेसम्म वडा र नगरको बजेटले स्परहरु बनाएर वडा नं १३ तर्फ ठुलो क्षति हुनबाट जोगिदै आएको छ ।

वर्षेनी साल्बोटेमा पहिरो जान थाले पछि राष्ट्रपति चुरे संरक्षण विकाश समितीले संरक्षणको काम थालनी गरेको छ । धरान उपमहानगरपालिकाको आग्रहमा समितिले पहिलो चरणमा संरक्षणको लागि डिपिआर(विस्तृत अध्ययन प्रतिवेदन) बनाउने भएको छ । समितीको केन्द्रिय कार्यालयबाट आएका पहिरो विज्ञ, भुगर्भविद, जिआइएसविदहरुको टोलिले आइतबार देखि अध्ययनको काम शुरु गरेका छन् ।

धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार उपमहानगरको आग्रहमा राष्ट्रपति चुरे संरक्षण विकाश समितीको टोलिले अध्ययन गरेका हो । पहिरोलाई कसरी दिर्घकालिन रुपमा नियन्त्रण गर्ने, तर त्यसका लागि के के गर्ने भन्ने विषयमा टोलिले प्रतिवेदन दिए पनि पहिरो नियन्त्रणका काम शुरु हुने उनले बताए ।

उनले भने, ‘हाम्रो क्षमताले नभ्याए पछि अनुरोध गरेको थियौं, पहिरो विज्ञ, भुगर्भ विद र जिआइएस एक्स्पोर्ट आएर दिनभर नै अध्ययन गरेर गइसक्नुभयो, पहिरोलाई कसरी दीर्घकालिनरुपमा नियन्त्रण गर्न समाधान के हुन्छ भनेर उहाँहरुले रिपोर्ट दिनुहुन्छ ।’ यस वर्षका लागि मोरङको सलकपुरस्थित राष्ट्रपति चुरे संरक्षण कार्यालयले सालबोटे पहिरो नियन्त्रणको लागि १ करोड बजेट विनियोजन गरेको छ । डिपिआरको लागि केन्द्रीय कार्यालयले अलग्गै खर्च गर्ने पनि श्रेष्ठले बताए ।वर्षेनी पहिरो गएका कारण सर्दु खोलाले मानव बस्ती तर्फ निर्माण गरिएको स्परहरुमा क्षति पुर्याउँदै आएको छ ।

भत्किएका चेक ड्यामहरुलाई पनि मर्मत गर्नुपर्ने देखिन्छ । डिपिआर बनेपछि कहाँ के गर्ने, कसरी संरक्षण गर्ने भनेर प्रष्ट हुने उनको भनाई छ । पहिरो नियन्त्रणका लागि भारतीय पेन्सन पेइङ कार्यालयले पनि सहयोग गर्ने बताएको छ । पहिरोले बस्तीलाई नै जोखिममा पारेकोले समयमै नियन्त्रण गर्न पर्ने धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेले बताए । पहिरो नियन्त्रणको पहल शुरु भएकाले स्थानीयवासीहरुमा डर र त्रासबाट मुक्त हुने उनले बताए ।

करिब १० बर्ष अघि आईयुसिएन र सेड नेपाल संस्थाले स्वीटजरल्याण्डका भुगोलविद् ल्याएर चुरेको सर्वे गराएको थियो । त्यसबेला ९५ प्रतिशत जोखिम भएकोले विष्णुपादुकाको साल्बोटे माथिको वस्ती सार्न र खनजोत गर्न रोक लगाउन लिखित सुझाव दिएका थिए । त्यसक्षेत्रमा घना वृक्षरोपण गर्न पनि उनीहरुको आग्रह थियो । त्यसवमोजिम न वस्ती सारियो, न वृक्षारोपणमा ध्यान दिइयो । थप जोखिम बढाउने गरी त्यसक्षेत्रमा जथाभावी घर र बाटो निर्माण क्रम बढेकै कारण पहिरोको जोखिमको त्रास बढ्दै गएको छ ।

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved