समाज

    Showing 6,261-6,270 of 6,734 items.
  • ग्रामीण बस्तीको पीडा, बिरामी बोक्ने स्टेचरनै छैन

    इलाम/ सडक अवरुद्ध भएर सर्वसाधारण कति आजित छन् प्रस्ट्याउने उदाहरण खोज्न टाढै पुग्नु पर्दैन । रोङ गाउँपालिकाको सडक अवरुद्ध भएर स्टेचरमा प्रसूति बोकेर हिडेको यो तस्बिर हेर्दा मात्रैपनि थाहा हुन्छ कि सडकको समस्या कस्तो छ भन्ने कुरा । भत्किएको सडक पार गराएर अस्पताल पु¥याउनु पर्ने, त्यसमा पनि गाउँमा विरामी बोक्ने स्टेचर समेत नहुनु कति सम्म दुःखद कुरा हो । यही समस्याबाट अछुतो हुनै सकेका छैनन् अहिले रोङ गाउँपालिकाका सर्वसाधारणहरु । ३५ वर्षकी कृष्ण कुमारी राईलाई प्रसूतिको विराम लागेपछि मान्छेले नै बोकेर कष्टपूर्ण कच्ची सडक पार गर्दै अस्पताल पु¥याउनु परेको दृश्टान्त एकातिर छ भने अर्कातिर

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,167 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सुनसरीमा चट्याङले लागेर एक जनाको मृत्यु

    धरान । सुनसरी देवानगंज मा चटयाङ लागेर एक स्थानीयको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगंज गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो । शनिबार अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 1,111 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा संक्रमितको संख्या २ सय ७५ पुग्यो, आइतबार थपिए ६ जना

    धरान । सुरक्षाकर्मीहरुलाई कोरोना पुष्टि भए सँगै थुनामा रहेका थुनुवाहरुलाई कोरोना संक्रमण देखिन थालेको छ । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नियन्त्रणमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सँगै धरानमा २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । कारोना पुष्टि भएका थुनुवा मध्ये ४ जना धरानका हुन् भने एक जना इटहरी र अर्को खोटाङको रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार थुनामा रहेका धरान १३ का २० वर्षिय, धरान १५ का २९, १९ र २३ वर्षका युवाहरु रहेका छन् भने इटहरीका ३० वर्षिय खोटाङका २६ वर्षिय युवा छन् ।

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 1,436 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशी किनारमा निर्वस्त्र युवतीको शव फेला

    धरान । सप्तकोशी नदिको किनारमा निर्वस्त्र रुपमा एक युवतीको शव फेला परेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा शनिबार बिहान एक युवतीको शव फेला परेको हो । बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८÷२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । निर्वस्त्र रुपमा अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको महिलाको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ । बेवारिसे फेला परेको सो शवलाई हाल धरान

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 2,133 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनआरएनए पोल्याण्डका अध्यक्षको पत्रकार कोषलाई १ लाख रकम सहयोग 

      शेरबहादुर परियार,पोल्याण्ड/ / "केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"यसको पर्याय बनेका छन्  एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा।उनले  नेपाल पत्रकार महासंघको आपतकालीन कोषमा १ लाख बढी रकम सहयोग गरेका छन् ।   नेपाल पत्रकार महासंघ युरोप शाखा मार्फत  महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी एनआरएनए पोल्याण्डका अध्यक्ष तथा पोल्याण्डका नेपाली व्यवसायी नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग  गरेका छन्। अध्यक्ष सापकोटाले श्रीमती अम्बिका

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गजुरमुखी धाममा पहिरो

    इलाम/ माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराती पहिरो गएको छ । राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष बगेर मन्दिरमा झरेको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । पहिरोले मन्दिरको संरचना समेत भत्काएको अध्यक्षको भनाई छ । चार खोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा गजुरमुखी पर्दछ । यसलाइ बागबिर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको बिम्मदन्ती छ । विशेष गरेर यहाँ निसन्तानहरु सन्तानमाग्न र शिशुहरुक

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,784 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • निषेधाज्ञा खुकुलो भए पनि इटहरीमा अपेक्षित रुपमा व्यवसाय खुलेनन्

    इटहरी । जिल्ला प्रशासनको कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ १८ गते बिहीबार बिहान ७ बजेदेखि १० बजे सम्म जिल्ला भरीका ब्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि धेरै जसो व्यवसायीहरूले अपेक्षित रुपमा व्यवसाय खुल्ला गरेनन् । चाडपर्वको मुखमा तिन घण्टा समयसिमा तोकेर ब्यवसाय गर्न प्रशासनले दिएको अनुमति ब्यवसायी देखि स्थानीय सरकार सम्मले असन्तुष्टी जनाउदै आएका छन् । इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले छोटो समय तोकेर ब्यवसाय खोल्दा भिडभाड बढने र त्यसले जोखिम बढाउने हुँदा प्रशासनले साँझ ५ बजे सम्म सुरक्षा सतर्कता अपनाएर ब्यवसाय सुचारू गर्न पाउनुपर्ने धारणा राखेकि छिन् । त्यस्तै इटहरी उद्

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 989 पटक पढिएको
    • "तेजबहादुर बन "
  • कोशिपत्रमा समाचार आएपछि फिर्ताभयो जेष्ठ नागरिकको भत्ता

    इलाम/ जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का तत्कालिन सचिव सुलभ दाहालले ५ महिनाअघि लिएको सोही वडाका जेष्ठ नागरिक हरिबहादुर श्रेष्ठको भत्ता उनका छोरा धनप्रसाद श्रेष्ठलाई बुधबार फिर्ता गरेका छन । भर्पाईमा हस्ताक्षर गरि बुझिलिएर आफैंले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले सम्बन्धित जेष्ठ नागरिकलाई फिर्ता गरेका हुन । उनले हरिबहादुरको संरक्षक बसेका छोरा धनप्रसादलाई २ नम्बर वडा कार्यालयम बोलाएर १२ हजार रुपैयाँको चेक उपलब्ध गराएका हुन् । वडा सचिव दाहालले श्रेष्ठको २०७६ को दोश्रो चौमासिकको १२ हजार रुपैयाँ बुझिलिएर निजलाई उपलब्ध गराएका थिएनन् । आफैंले बुझिलिएको सामाजिक सुरक्षा

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 878 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इन्ट्राएक्ट क्लब अफ डिपोटद्वारा “कनेक्टिङ हाट्स विथ इन्ट्राएक्टर” को भाग २ सञ्चालन गरीने

    धरान /  इन्ट्राएक्ट क्लब अफ डिपोटद्वारा इन्ट्राएक्ट क्लब अफ चन्द्रपुर सेन्ट्रल, बंगलादेशसंग सहकार्यमा अन्तराष्ट्रिय स्तरीय कार्यक्रम “कनेक्टिङ हाट्स विथ इन्ट्राएक्टर” को भाग २ सञ्चालन गरीने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य इन्ट्राएक्टरहरुको अभिभावकहरुलाई इन्ट्राएक्ट क्लबका बारेमा जानकारी गराउने रहेको छ । यस कार्यक्रम मार्फत अभिभावकहरुलाई इन्ट्राएक्ट क्लबका विभिन्न गतिविधि, कार्यक्षेत्र र कार्यक्रमहरुको बारेमा जानकारी गराउने रहेको इन्ट्राएक्ट क्लब अफ डिपोटकी अध्यक्ष दिक्षा राई जानकारी दिइन । यस्ता कार्यक्रमले अभिभावकलाई इन्ट्राएक्ट क्लबका बारेमा थप प्रष्ट हुने अपेक्षा र

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,121 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिहिबार देखि १० बजेसम्म सुनसरीका ब्यवसाय सञ्चालन हुने

    धरान  विश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासले जारी गरेका निषेधाज्ञामा परीवर्तन गरिएको छ । भदौं १८ गते बिहिबारबाट सुरक्षाका विधि अपनाएर बिहान १० बजेसम्म सुनसरी जिल्लाका बजारहरु खुल्ला गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार फिल्म हल, शैलुन, ब्युटी पार्लर बन्द नै रहने छ । प्रसाशनले भदौ १८ गते देखि

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved