गजुरमुखी धाममा पहिरो

  • भदौ २०, २०७७
  • "भगीरथ भण्डारी"
alt तस्विर ः गाउँपालिकाका अध्यक्षको फेसबुक बाट

इलाम/ माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराती पहिरो गएको छ । राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष बगेर मन्दिरमा झरेको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । पहिरोले मन्दिरको संरचना समेत भत्काएको अध्यक्षको भनाई छ ।

चार खोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा गजुरमुखी पर्दछ । यसलाइ बागबिर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको बिम्मदन्ती छ ।

विशेष गरेर यहाँ निसन्तानहरु सन्तानमाग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जन विश्वास भनेर यहाँ आउने गरेको पाइन्छ । गजुरमुखी धाम पुगेर जे मागो त्यही पुरा हुने विश्वासले पटक पटक दर्शन गर्न आउने गर्छन ।

नेपाल बाट मात्र हैन भारतको सिक्किम, दार्जिलिङ, भुटान लगायतका देशहरुबाट पनि भक्तजनहरु आउने गरेका छन् । इलाम सदरमुकामबाट १३ किलो मिटर मेची राजमार्ग र त्यहाँबाट १३ किलो मिटर नै पक्की सडक हुँदै देउमाई नगरपालिकाको मंगलबारे पुगेपछि करिव एक घण्टा कच्ची सडक मार्फत गजुरमुखि पुग्न सकिन्छ ।
gajurmukhi 1 copy

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved