समाज

    Showing 6,201-6,210 of 6,734 items.
  • घरमै पुगेर ह्वील चेयर बितरण

    बेलबारी । मोरङको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपाङगता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामाग्री ह्वील चेयर बितरण गरेका छन । बिहिबार बेलबारी मेयर सुवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन । बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा विष्ट शिक्षक हुन । उनी श्रीमती अस्मिता विष्टको सहारामा बिद्यालयमा जाँदा आउने जाने गर्छन । एउटा पुरानो भइसकेको ह्वील चेयर थियो, पदमकी श्रीमती अस्मिताले भनिन, ‘अहिले नगर प्रमुख आफैले खोज्दै आएर दिनु भएको छ यसले ठुलो राहत भएको महशुष गरेकी छु ।’ ह्वील चेयरमै बसेर विभिन्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 646 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मापदण्ड पालना नगर्ने ब्यवसायीको पसल नै शिल गरीयो

    इटहरी । चाडपर्व नजिकिएसंगै उपभोग्य बस्तुको मुल्यमा एकरूपता नभएको ब्यापक जनगुनासो पछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाइ तिब्रता दिइएको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्दै म्याद गुज्रिएको सामान बिक्री गर्ने एक किराना पसललाइ शिल गरेको छ । केहि समय अघि अखाद्य बस्तु सहित म्याद गुज्रिएका सामग्रीहरू भेटिएपछि चेतावनी दिदै छोडिएको इटहरी १२ खनार स्थित बिक्रम किराना पसलमा शुक्रबार अनुगमन गर्दा पुनः पुरानै सामग्री भेटिएपछि पसल शिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । खनारका स्थानीय मंगल चौधरीले सञ्चालन गरेको उक्त पसलबाट म्याद गुज्रीएको घ्यु, बिस्कुट, तेल, बेसार लगायतका खाद्यान्

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 982 पटक पढिएको
    • "तेजबहादुर बन "
  • भोजपुर जोड्ने दुधकोशीमा पुलको शिलान्यास

    सुनसरी । मोटरेबल पुल नहुँदा लामो समयदेखि सास्ती भोग्दै आएका भोजपुरका हतुवागढीका स्थानीयवासी चुहारमा पुल बन्ने भए पछि उत्साहित बनेका छन् । प्रदेश सरकारको बजेटमा भोजपुरको हतुवागढी–९ हसनपुर चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैली जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैयाँ लागतमा दूधकोशी नदीमाथि बन्ने पुलको सोमवार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका हुन् । पुल निर्माणले हतुवागढीसँगै समग्र जिल्लाकै विकार र समृद्धिमा टेवा पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पुल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री राईले

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,148 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ स्तरीय कृषि थोक बजार झारले पुर्यो

    विराटनगर । प्रदेश सरकारलाई घर आँगनकै सरकार भनिन्छ । विकासप्रति जनताको अपेक्षा यही सरकारसंग धेरै छ । अझ प्रदेश १ सरकारले त विकास र कृषि क्षेत्रलाई ठूलो प्राथमिकता दिएको छ । तर सरकारले कृषिसंग सम्बन्धित एउटा संरचना नै संचालन गर्न सकेको छैन । आफ्नै संरचना समेत सही ढंगबाट परिचालन गर्न नसक्दा प्रदेश सरकार अधिक आलोचनाको सिकार भएको छ । संघीय सरकारले हस्तान्तरण गरेको कृषि थोक बजारको संरचना चुस्त ढंगले संचालन गर्न प्रदेश १ सरकारले स्थानीय तहहरुलाई समेत विश्वासमा लिन सकेन । फलतः प्रधानमन्त्री केपी शर्मा ओली आंफै विराटनगरमा आएर हस्तान्तरण गरेको कृषि थोक बजारलाई झारले छोपेको छ । प्रदेश सरकारले विराटनगर म

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 902 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अलैचीको अध्ययन गर्ने संस्थान आलुको विउ उत्पादन गर्दै, किसान चिन्तित

    इलाम । आलुको विउ उत्पादन गर्ने मुख्य कामका लागि इलामको जौबारीमा वागवानी विकास केन्द्र स्थापना भएको छ । जसको प्रमुख काम नै आलुको बिउको उत्पादन गर्ने हो । कृषिका अन्य बालीका लागि जिल्लै पिच्छे कृषि विकास कार्यालयहरु छन् । तर, मुलुकको एउटा मात्रै अलैचीका लागि स्थापना भएको कार्यालयले भने मुल काम छाडेर अन्यत्र लागेकाले अलैची खेतीको विकास विस्तार र अनुसन्धानको काम आझेलमा पर्ने चिन्ता थपिएको छ । अलैचीको विकास, संरक्षण र अलैचीका जातहरुको बारेमा अध्ययन गर्न स्थापना भएको एक मात्रै कार्यालय अलैची विकास कार्यालयले भने अलैची छाडेर अन्य खेतीको बिऊ उत्पादनमा लागको छ । अलैचीको भाउ घटेसंगै अलैचीको विरुवाको मा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 765 पटक पढिएको
    • " भगीरथ भण्डारी "
  • मृगौला पिडितलाई आर्थिक सहयोग

    धनकुटा/ दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । धनकुटा नगरपालिका–७ घर भएकी ४८ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो । उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थियो । सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको थियो । उपचारको क्रममा हालसम्म ५ लाख भन्दा बढी खर्च भईसकेको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रेष्ठ परिवारको तीन छोरी र एक छोरा रहेको छ । तर अहिले आएर आर्थिक अभावका कारण श्रेष्ठको उपचारमा समस्या देखिएकाले रकम स

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 785 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • दशैंको किनमेल जोगबनीमा गर्ने ? १४ दिन क्वारेटाइनमा

    विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ । तर, दशैंको बहाना बनाएर सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ । मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न थालेपछि स्थानीय प्रशासनले जुक्ति लगाएको छ ‘पारिबाट आउनेलाई नाकामै समाउने अनि १४ दिने क्वारेन्टाइनमा

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनमुक्ती पार्टीको संखुवासभा अध्यक्षमा कृष्ण कुमार राई

    धरान । राष्ट्रिय जनमुक्ति पार्टीको संखुवासभा जिल्ला कार्यसमिती कृष्ण कुमार राईको अध्यक्षतामा पुनर्गठन भएको छ । गत शुक्रबार भएको भेलाले कृष्ण कुमार राईको अध्यक्षतामा जिल्ला कार्यसमिती पुनर्गठन गर्दै उपाध्यक्षमा विसन कुमार राई, सचिवमा जित बहादुर राई, सह सचिव कृष्ण पहाडी र कोषाध्यक्षमा दिल कुमार राईलाई चयन गरेको छ । त्यसै गरि सदस्यहरुमा नर बहादुर राई, जय बहादुर याङरुङ, मान बहादुर मगर, सन्च बहादुर राई, भीम प्रसाद राई, दिपेन राई, जगदीश राई, शुभदेवी राई, विष्णु राई र उत्तर कुमार राई चयन भएका छन् । भेलाले राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल बिद्यार्थी मोर्चाको संखुवासभा जिल्ला संयोजकमा कमला

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

    धरान । करिब र्दुइ महिना अघि घोषणा भएको विश्व व्यापी अनलाईन पाःलाम प्रतियोगिताका विजेताहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको छ । आयोजक याक्थुङ साक्थिम्मिबा सयङले विभिन्न शीर्ष विधाका विजेताहरू सहित प्रतियोगिताका विजयीहरूलाई नगद, सम्मानपत्र र उपहार सहित पुरस्कृत गरेको छ । प्रतियोगिताका सहसंयोजक सागर सरगम चेम्जोङले अन्य विजेता सहित उत्कृष्ट दश, शीर्ष पाँच विधाका विजेता र ११ जना व्यक्तित्वहरूलाई सम्मानित गरिएको बताए । विजेताहरुलाई प्रमुख अतिथि एवम् धरान प्रज्ञा प्रतिष्ठानका प्रमुख अम्बिका सम्बाहाम्फेले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । निर्णायकको ४० प्रतिशत मत र सामाज

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सोनिहाङमा मृत्यु प्रकरण: दुवै पक्ष दोसीको खोजिमा

    धरान । गत भदौ २२ गते आफ्नै कोठामा झुण्डिएको अवश्थामा भेटिएकी धरान ११ की सुनिहाङमा लिम्बुको आत्महत्याको घटना एक पक्षको आरोप टुङ्गो लागे पनि अर्को पक्षले पुनः आत्महत्याको कारण बारे चासो देखाउँदै घटनाको छानबिन गर्न माग गरेको छ । दुवै पक्षले आत्महत्याको कारण बारे छानबिन गर्न माग गरे पनि यस अघि सुनिहाङमाका माइती पक्षले केटा पक्षका ४ जना विरुद्ध अदालतमा उजुरी नै दिएका थिए । त्यस पछि दुई पक्षमा विभाजन भएको थियो । सुनिहाङमा पक्षले दिएको आत्महत्या दुरुत्साहत मुद्धाको किटानी जाहेरीको केटा पक्षका चार जनालाई २६ दिन अनुसन्धानमा राखिएको थियो । जनही १ लाख ५० हजार धरौटी लिई तारिखमा राख्ने आदेश दिएको छ । उनहर

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved