इटहरी । भारतीय सिमामा हुने स्याउ तस्करीमा संलग्न सुनसरी स्थित भण्टाबारी सिमा प्रहरी चौकीका इन्चार्ज सहित तिन जनालाई प्रदेश १ प्रहरी कार्यालयले निलम्बर गरेको छ ।
तेश्रो मुलुक चिनबाट नेपाली बजारको लागि आएको स्याउ भारततिर तस्करी गरी पठाएको अभियोगमा भण्टावारी सिमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरिक्षक गंगा थापा सहित अन्य दुइजनालाई निलम्बन गरिएको हो ।
सेटिङ मिलाएर सिमाबाट भारत तर्फ निकासी गरिएको ठुलो परिमाणको स्याउ आइतबार बिहान भारतीय एसएसबिले नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीकै संलग्नता रहेको पाइएको थियो । सुनसरीको सिमाबाट तिनवटा नेपाली नम्बर सहितको ट्रकमा लोड गरी पठाइएको १३ सय कार्टुन स्याउ सहित ८ जनालाइ भारतीय एसएसबिले नियन्त्रणमा लिइ अनुसन्धानका निमित्त नेपाल प्रहरीलाइ बुझाएको थियो ।
अनुसन्धानकै क्रममा एक नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्याउ तस्करीमा संलग्न रहेको पुष्टि भएपछि अस्थायी प्रहरी चौकी कोशी कटानका इञ्चार्ज असइ आशनारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असइ टेकबहादुर कार्कीलाई तत्काल निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्र कुमार श्रेष्ठले बताए । त्यस्तै अनुशन्धानको दायरामा रहेका भण्टावारी सिमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरिक्षक गंगा थापालाइ पनि निलम्बनको लागि सिफारिस गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
बरामद गरिएको चाइनिज स्याउ श्याम जैसवालको रहेको भारतीय एसएसबिलाइ उदृत गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । सिमा नाकाबाट हुने तस्करी जस्तो जघन्य अपराधलाइ नियन्त्रण गर्न प्रहरी संख्या बढाएर कडा निगरानी थालिएको एसपी थापाको भनाइ छ ।