इटहरी । खाना खाएर संगै सुतेकि श्रीमति बिहान ओछ्यानमा मृत भेटिएपछि प्रहरीलाइ खबर गर्ने श्रीमान अनुशन्धानको घेरामा तानिएका छन । खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्याक्तिको घरमा डेरा बस्दै आएकि ३५ वर्षिया सुनिता राइ गत ज्येस्ठ २७ गते बिहीबार बिहान सुतेकै ठाउमा मृत अवस्थामा भेटिएकि थिइन ।
पोस्टमार्टमको रिपोर्टले केहि शंकासपद कुरा देखाएपछि अनुशन्धानको लागि उनको श्रीमान न्यायधिश राइलाइ शुक्रबार नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मापसे गरेर संगै सुतेको श्रीमानले बताएपनि बिहान श्रीमति मृत अवस्थामा भेटिनु घटना शंकासपद रहेको भन्दै अनुशन्धाको निमित्त न्याधिशलाइ नियनत्रणमा लिइएको इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केशिले बताए ।
शुक्रबार पक्राउ परेका राइलाइ जिल्ला अदालत सुनसरीबाट ज्यान मुद्धा अन्तरगत म्याद थप गराइ आवस्यकिय अनुशन्धान सुरू गरिएको डिएसपि केशिले बताए । राइको एक छोरा र एक छोरी रहेका छन् ।