सुनसरीमा असार ७ गते सम्म थपीयो निषेधाज्ञा, बिहान ११ बजे सम्म तरकारी र फलफुल ब्यवसाय खोल्न पाइने

  • जेठ ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले आगामि असार ७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि जेठ ३१ गते सम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेृकोमा थोरै परिमार्जन गरी आगामि असार ७ गते सम्म लम्ब्याइएको हो । जिल्ला प्रसाशन कार्यालय सुनसरीमा आइतबार बसेको डीसीएमसीको बैठकले जारी निषेधाज्ञाको नियमहरू परिमार्जन गरी निषेधाज्ञालाइ थोरै खुकुलो बनाउने निर्णय गरेको छ ।

बन्द रहेको फलफुल तथा तरकारी ब्यवसाय अब बिहान ५ बजे देखि ११ बजे सम्म् खोल्न पाउने गरी निषेधाज्ञा असार ७ गते सम्म् पुर्याइएको हो । जिल्लामा कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेको देखिएपछि थप सतरकता अपनाउन निषेधाज्ञाको समय असार ७ गते सम्म लम्ब्याइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

यस अघि खाद्यन्न , बिकाश निर्माणका सामग्री बोकेका सवारी साधन , ढुवानीका सवारी साधनहरूलाइ निर्वाध रूपमा सञ्चालन गर्न दिइने भनि गरिएको निर्णयलाइ यथावत राखिएको छ भने खाद्यन्न पशलहरू बिहानको १० बजे देखि दिउसो ३ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ ।अन्य व्यवसायहरू भने सञ्चालनमा रोक लगाउने निर्णयलाइ पनि यथावतै राखिएको छ ।

धरान संगीत प्रतिष्ठा ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

धरानबाट साढे २१ सय क ...

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved